एक साताको बक्स अफिस: ‘बलिदान’ अग्रस्थानमा


काठमाडौँ । चलचित्र विकास बोर्डले असोज १३ गतेदेखि २० गतेसम्मको एक साताको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार यो अवधि सबैभन्दा बढी कमाइ गर्न सफल फिल्म ‘बलिदान’ भएको छ।

‘बलिदान’ ले एक सातामा ३ करोड ७५ लाख ५३ हजार २५१ रुपैयाँ सङ्कलन गर्दै अग्रस्थान कायम गरेको छ। त्यस्तै, ‘हरिबहादुरको जुत्ता’ ले ३ करोड २१ लाख ७० हजार १६० रुपैयाँ कमाउँदा, ‘माइतीघर’ ले २ करोड १३ लाख ६४ हजार ६९२ रुपैयाँ कमाएको बोर्डले जनाएको छ।

दशैंको अवसर पारेर असोज १३ गते फूलपातीदेखि ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ एकैसाथ प्रदर्शनमा आएका थिए।

समीर भट्ट, सौगात मल्ल, अर्पण थापा र ऋचा शर्माको मुख्य भूमिका रहेको ‘बलिदान’ ले दर्शकमाझ राम्रो प्रतिफल पाएको देखिन्छ।

दीपेन्द्र के. खनाल निर्देशित ‘हरिबहादुरको जुत्ता’ मा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी र राजाराम पौडेललगायत कलाकारले अभिनय गरेका छन्।

त्यस्तै, ‘माइतीघर’ मा केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर र प्रकाश सपुतलगायत कलाकार देखिएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.