अमेरिकाबाट आयो एलिना चौहान र प्रताप दासको तिहार गीत (भिडियो)


काठमाडौं। तिहारको माहोललाई झल्काउने नयाँ गीत ‘आयो तिहार’ सार्वजनिक गरिएको छ। गायिका एलिना चौहान र गायक प्रताप दासको आवाजमा सजिएको यो गीतमा शब्द र संगीत लेखु सहयात्रीले दिएका छन् भने संगीत संयोजन बिशम आचार्यले गरेका हुन्। गीतको रेकर्डिङ पिक स्टुडियोमा गरिएको हो। मिक्सिङ र माष्टरिङको जिम्मा पनि बिशम आचार्यकै रहेको छ भने रेकर्डिस्ट दिनेश श्रेष्ठ हुन्। गीतको अडियो तथा भिडियो एलिना चौहान अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीत अमेरिकामा छायांकन गरिएको हो। गीतमा तिहार पर्वको रौनक, माया–ममता र उत्सवको भावना प्रस्तुत गरिएको छ।

भिडियोमा बिनोद अधिकारी, प्रताप दास र एलिना चौहानको अभिनय रहेको छ । भिडियोको छायांकन रामेश्वर कार्कीले गरेका हुन् भने सम्पादन र कलर मिलन विश्वकर्माले गरेका छन्। अमेरिकाको रमणीय परिवेशमा खिचिएको भिडियोले तिहारको उमङ्गलाई थप जीवन्त बनाएको छ। ‘आयो तिहार’ले नेपाली समुदायमा देश बाहिर बसेर पनि संस्कृतिको रंग झल्काउने प्रयास गरेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.