युवाहरुको वास्तविक कथा ‘माई बेस्ट फ्रेन्ड’ २४ औँ भाग सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: साकेवा मुभिजको प्रस्तुति वेब सिरिज ‘माई बेस्ट फ्रेन्ड’को २४ औँ भाग सार्बजनिक गरिएको छ । युवा हरुको कथालाई प्राथमिकता दिइएको सिरिज ‘माई बेस्ट फ्रेन्ड’ प्रत्येक साता यु ट्युब मार्फत सार्बजनिक भई रहेको छ । अहिलेका टिन एजर युवा युवतीको माया प्रेम संगै उनीहरुको रहन सहनलाइ सिरिजमा देखाउन खोजिएको छ ।

ज्योतीराज राई प्रस्तुतकर्ता र रमु श्रेष्ठ राई निर्माता रहेको वेभ सिरिज ‘माई बेस्ट फ्रेन्ड’ लाइ दर्शक हरुले मन पराइ रहेका कारण नै सिरिज २४ भाग सम्म आइ पुगेको निर्माण टिम बताउछन् ।

साकेवा मुभिजको अफिसियल युटुब च्यानलामा निरन्तर अपलोड भैरहेको यो सिरिजमा पटकथा संवाद प्रयास घिमिरे र भुवन सिंह राईको कथा निर्देशन किरण राईको रहेको छ,संगीत अनिस श्रेष्ठको छ भने भुवन सिंह राई ,रोस्मिता श्रेष्ठ , प्रयास घिमिरे ,सलिना गुरुङ ,सुरेस राई मेघा लिम्बु ,सिला राई ,युनिसा अधिकारी ,स्मृति पोख्रेल ,अन्जान राई , विवेक बिष्ट ,सारदा राई , सागर थापा मगर , सन्जय श्रेष्ठ ,नवीन बास्कोटा निर्मल खड्का शेखर राई,अन्जान राई,बिबेक विष्ट,निर्मल खड्का, लगायत कलाकारहरुले अभिनय गरेका छन् ।