लक्ष्मीको मौलिक तीज गीत जन्म दिने आमा सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

तीज नजिकिदै गर्दा तीज गीत हरुको भिडियो सार्बजनिक हुने क्रम पनि बढेको छ । कति पय तीज गीत हरुका शब्द र कुनै कुनै गीतका भिडियोहरु परिवारका सदस्य सबै जना बसेर हेर्न नमिल्ने खालका बने भनेर गुनासो हरु पनि आइ रहेका छन् यसै क्रममा मौलिक तीज गीत भिडियो सार्बजनिक भएको छ लक्ष्मी प्रधान पुरीको आवाजमा रहेको जन्म दिने आमा बोलको भिडियो सार्बजनिक भएको छ । आफु जन्मेको घर र आमाको सम्झना संगै तीजको बर्णन गरिएको भिडीयोमा गायिका लक्ष्मी प्रधान र साथी हरुको अभिनय रहेको छ । गायिका लक्ष्मीले यस अघि पनि तीजका गीत हरु सार्बजनिक गरि सकेकी छिन । मौलिक र नारी हरुको पिडा समेटिएको गीत गाउन रुची राख्ने लक्ष्मीका गीत हरुमा माइती घरको बर्णन हरु पनि पाइन्छ ।

कुमार सिंजाली मगरको शब्द तथा संगीत रहेको गीतलाइ बुद्ध स्यांग्बोले संगीत संयोजन गरेका हुन् मुकेश योन्जनले निर्देशन गरेको भिडियो लाइ जय कुमार दर्लामीले छायांकन र सम्पादन गरेका हुन् टि.भी.नेपालको अफिसियल यु ट्युब च्यानल बाट भिडियो सार्बजनिक गरिएको छ ।