१२ वर्षपछी ‘ए मान्छे’ लिएर आए सचिन


सेलिब्रेटी नेपाल

काठमाडौँ : छ भनौ कि छैन भनौ , यो वनमा छैन क्यारे न्याउली कराउदिन ए कान्छी , ए माया कहाँ छौ कहाँ , झन् झन् बढ्यो याद तिम्रो , आफ्नो मान्छे लगायतका गीत मार्फत दर्शक तथा श्रोता माँझ आफ्नो परिचय स्थापित गर्न सफल गायक सचिन रौनियार १२ वर्षपछी नयाँ गीत लिएर आएका छन् । विहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ‘ ए मान्छे’ गीतमा सचिन आफै फिचर्ड छन् । गीतमा सचिनसँगै संजय श्रेष्ठ, बबिन, भिम तुलाधर लगायत पनि देखिएका छन् ।

गीतको शब्द प्रकाश सापकोटाले लेखेका हुन् भने यसमा जितेन लेप्चाको संगीत रहेको छ । ‘मेरो कमब्याकमा सबैले साथ् दिनु भयो , आभारी छु’ सचिनले भने । सचिनले गायनमा झन्डै अढाई दशक बिताईसकेका छन् । बिक्रम संवत २०४३ सालमा पहिलो एल्बम ‘सर्च’ बजारमा ल्याएका उनले १२ वटा एल्बम सार्वजनिक गरिसकेका छन् । सर्चसँगै स्पर्श , नशा , सारेगामा लगायतका एल्बम उनका चर्चित एल्बममा पर्छन । सुव्रतराज आचार्यको निर्देशनमा तयार भएको गीतको भिडियोमा विभिन्न भाषाभाषीको एकतालाई प्रस्ट्याईएको छ । ‘मनमगन’ पछी यसको किसिमको भिडियो निर्देशन गरेको बताउने सुव्रतले निर्माणको क्रममा कुनै सम्झौता नगरेको बताएका छन् ।

‘भिडियोलाई राम्रो बनाउन कुनै सम्झौता त छैन नै साथै यसलाई सचिनजीको फ्यानसँगै नयाँ पुस्तालाई पनि हुने किसिमले तयार गरेका छौ’ निर्देशक आचार्य भन्छन ‘गीतको भावनै अनेकतामा एकता हो , मैले त्यहि अनुरुप दृश्यमा देखाउने कोसिस गरेको छु । भिडियोलाई राम्रो बनाउन टिमले निकै मेहनत गरेका छौ , बाकि त दर्शककै हातमा छ ।’ भिडियोलाई गम्भीर बिष्टले कोरियोग्राफ गरेका छन् भने यसलाई उत्सव दाहाल र विजय बस्नेतले खिचेका हुन् । यसमा सम्पादन , भीएफएक्स र डीआइ भरत रेग्मीको रहेको छ ।