कार्टुन्ज क्रु को पुरै टिम बेग्लै गेटअपमा मास्टर प्लान सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : कार्टुन्ज क्रुको अभिनयमा ‘कपुरी क’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । कार्टुन्ज क्रु को अफिसियल युटुब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको हो । रुपक चौधरीको स्वर, डी.पी खरेलको शब्द रहेको गीतलाई कुन्दन थापाले कम्पोज गरेका हुन् भने गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

सरोज र सुबिनको कोरियोग्राफी गीतमा लक्पद लामा सहायक निर्देशक रहेका छन् भने गीतमा आश्मा विश्वकर्मा,सरोज अधिकारी,लक्पा डी कामा, राम घले, सुबिन चौहान, साजन चुहान लगाएतको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाइ बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।