बसन्तको ‘जाली रुमाल’ सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

संगीतकार बसन्त सापकोटाको संगीत, शब्द तथा स्वरमा रहेको नयाँ गीत ‘जाली रुमाल’को नयाँ गीत सार्वजनिक गरिएको छ । रिकेश गुरुङ किजको संगीत संयोजनमा तयार भएको गीतको भिडियो पनि निकै गज्जबको बनेको छ । के एण्ड के प्रोडक्सनले निर्माण गरेको म्युजिक भिडियो सार्वजनिक गर्दै संगीतकार सापकोटाले दर्शकको माया पाउने बिश्वास ब्यक्त गरेका छन् ।

राजधानीको रमणिय स्थानहरुमा छायांकन गरिएको भिडियोमा मोडल निराजन प्रधान र नायिका मरिस्का म्यारी पोखरेलको अभिनय रहेको छ । उत्सव दहालको सिनेम्याटोग्राफीमा तयार भएको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । सुरेन बसेलको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।