पौडेल र बर्माको स्वर रहेको ‘हे गोरी’ सार्बजनिक


सेलिब्रेटी नेपाल
काठमाडौँ : गायक प्रराज पौडेल र गायिका सुजाता बर्माको स्वर रहेको ‘हे गोरी’ गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्बजनिक गीतमा पुषकर राज पन्तको शब्द रहेको छ भने संगीत शंकर थापा स्माइलको रहेको छ । बुगीउगी विजेता कविता नेपालीलाई फिचर गरिएको छ । कवितासंगै पुस्कर फिचर्ड छन् । अर्जुन अधिकारीको निर्देशन रहेको भिडियो उत्सव दाहालले खिचेका हुन् भने सम्पादन सुशील न्यौपानेको रहेको छ । भिडियो कोरियोग्राफी प्रशान्त तामाङले गरेका हुन् । चलचित्र ‘ठुली’को निर्माता समेत रहेका पन्तले भिडियोको निर्माण गरेका हुन् । पन्तले विभिन्न कविता संग्रह समेत सार्वजनिक गरिसकेका छन् ।