अस्लिलताको हद ग्राण्ड मस्ती (भिडियो)


केही वर्ष पहिले बलिउडमा रिलिज भएको हाँस्यप्रधान फिल्म ‘मस्ती’ले बलिउड फिल्म उद्योगमा ‘एडल्ट कमेडी’ र उच्छृंखल जोक्समा आधारित फिल्मको सुरुवात गरेको थियो । त्यसपछि बलिउडमा कयौं ‘एडल्ट कमेडी’ फिल्म आए । अहिले पुनः केही वर्षपछि फिल्म ‘मस्ती’को सिक्वेल ‘ग्राण्ड मस्ती’ बलिउडमा प्रदर्शनको तयारीमा रहेको छ । ‘ग्राण्ड मस्ती’ फिल्ममा भूमिका पूरानै छ तर उनीहरुको प्रेम सम्बन्ध र पूरानो ‘मस्ती’का पत्नीहरु भने परिर्वतन भएका छन् ।
Grand-Masti-poster
सेप्टेम्बर १३ तारिखबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ग्राण्ड मस्ती’को निर्देशन इन्द्र कुमारले गरेका छन् भने यस फिल्मबाट सोनाली कुलकर्णीले बलिउडमा पर्दापण गर्दै छिन् । ‘ग्राण्ड मस्ती’ फिल्मको पोस्टर बाहिर आईसकेको छ । जुन एकदमै अश्लील देखिएको छ । ‘ग्राण्ड मस्ती’मा जमेर द्धीअर्थी शब्द र संवादको प्रयोग भएको यसको ट्रेलरमा देखिएको छ । जसले फिल्मलाई केही भिन्न बनाएको बुझ्न सकिन्छ । फिल्ममा नायकहरु रितेश देशमुख, विवेक ओबराय, आफताब शिवदसानी मूख्य भूमिकामा रहेका छन् भने नायिकामा सोनालीसहित मरियम जकिरा, मञ्जरी फडनिस र कैनात अरोडाको मूख्य भूमिका रहेको जनाइएको छ । कैनात अरोडा बलिउडमा सन् ९० को दशककी चर्चित नायिका दिब्या भारतीकी बहिनी हुन् ।