सहरिया भरिया बनेका विपिन


काठमाडौं। सहरिया भरियाको दिनचर्या समेटिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

अभिनेता विपिन कार्कीलाई भरियाको भूमिकामा फिचरिङ गर्दै ‘डर छैन’बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । हरेक चलचित्रमा नयाँ क्यारेक्टर खोज्ने र त्यसलाई जीवन्त बनाउन लागिपर्ने विपिनको यस भिडियोमा भरियाको अभिनय पनि जीवन्त लाग्छ ।

‘डर छैन’लाई सन्तोष लामाले गाएका हुन । गीतमा नारायण गौतमको शब्द, हरि लम्सालको संगीत छ । निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा विपिनसंगै लोकमणि सापकोटा र स्रवानी थापाको अभिनय रहेको छ । हरि हुमागाईंको छायांकन रहेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।