निर्देशक साजिद माथी हिराेइनकाे गम्भिर आरोप, भनिन, ‘घरमा बोलाएर कपडा उतार्न लगाइयाे’


काठमाडौं। बलिउडका चर्चित निर्देशक साजिद खान बारम्बार विवादमा पर्ने गरेका छन् ।हालै  ‘इश्कबाज’ र ‘मिले जब हम तुम’ जस्ता शोमा देखिएकी अभिनेत्री नवीना बोलेले साजिदको बारेमा केही चकित पार्ने खुलासा गरेकी छन्। अभिनेत्रीले साजिदलाई ‘फोहोरी मान्छे’ भनेकी छिन् र उनले फिल्म उद्योगका अन्य व्यक्तिहरूसँग मिलेर धेरै महिलाको अपमान गरेको बताइन् । नविन बोलेले हालै एक अन्तर्वार्तामा निर्देशक साजिद खानसँगको भएको निकै ‘फोहोर प्रस्ताव’ अनुभव साझा गरेकी छिन् । अभिनेत्रीले भनिन् कि साजिदले उनलाई आफ्नो घरमा बोलाएर भने, ‘ल अब लुगा खोल् ।’

उनले भनिन्, ‘उनी एकदमै डरलाग्दो मानिस हुन, जसलाई म मेरो जीवन भरी भेट्न चाहन्न, उसको नाम साजिद खान हो, उसले हामीलाई धेरै पीछा गरेको थियो र जब महिलाको अनादरको कुरा आयो तब उसको उदांगो चरित्र चरम सीमासम्म पुग्यो।’निर्देशकसँगको आफ्नो भेट सम्झँदै नवीनाले भनिन्,  ‘हे बेबीमा काम गर्दा मलाइ साजिद खानले फोन गरेका थिए, तिमीलाई थाहा छ जब उनीहरूले मलाई बोलाए त्यतिबेला म धेरै नै उत्साहित पनि थिएँ।’‘तर जब म उनकोमा पुगे उसले मलाई भन्यो, ‘तिमी किन लुगा फुकालेर अन्डरगार्मेन्टमा बस्दैनौ, तिमी कत्तिको आरामदायी छौ कि छैनौं भनेर हेर्न चाहन्छु । मैले यो कुरा २००४ र २००६ मा भनिरहेको छु, जब म ‘ग्ले ड्रैग्स’ मा काम गरिरहेको थिए ।’

नवीनाले यो भेट साजिद खानको अफिसमा नभएर उनको घरमा भएकोसमेत बताइन् । यद्यपि यो राम्रो कुरा भयो कि कसैले उनलाई तल पर्खिरहेको थियो र निस्कन सहज भयो । अभिनेत्रीले अगाडी भनिन्, ‘मैले नमाने पछि उनले फेरी भने कि जब तिमी स्टेजमा बिकिनी लगाएर बस्छौ भने यहाँ बस्न त्यसमा के समस्या छ ।’ यसबारेमा साजिद खानले कुनै प्रतिक्रिया दिइसकेका छैनन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.