अमित प्रधानको ‘मायाको आभाष’ सार्वजनिक (भिडियो)


काठमाडौँ। गायक अमित प्रधानको आवाज रहेको नयाँ गीत ‘माया को आभाष’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । म्युजिक नेपालको अफिसियल युट्युब च्यानलमा सार्वजनिक उक्त गीतमा शब्द रचना र सङ्गीत पनि गायक प्रधानले नै भरेका छन् । गीतको सङ्गीत निर्माण भने हर्कुलस बस्नेतले गरेका हुन् ।

हिमाल थापाले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा व्हेर्‍री केसी र अमित प्रधान फिचर्ड छन् । यस गीतको भोकल रेकर्डिङ अस्ट्रेलियाको मेलबर्नमा सन्देश श्रेष्ठले गरेका हुन् र यो गीतमा किरण बरालले बाँसुरी बजाएका छन्।

भिडियोमा सहायक निर्देशकको भूमिका सञ्जय सुवेदीले निभाएका छन् । भिडियोको सम्पादन र रङ्ग संयोजन हिमाल थापाले नै गरेका छन् । भिडियोलाई सिनेम्याटोग्राफर (डीओपी) रेयवट श्रेष्ठले खिचेका हुन् भने उत्पादन व्यवस्थापक सलिम एमएसएम गरेका छन्।