पूर्वमा ‘राम साइँली’ को छायांकन


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘राम साइँली’ को छायांकन पूर्वाञ्चलका सुन्दर स्थानहरुमा भई रहेको छ । बैसाख ६ गते शुभमुहुर्त गरिएको चलचित्र ‘राम साइँली’ मा पूर्वका इलाम, भेंडेटार, नाम्जे, धरान, इटहरीलगायतका जिल्लाका सुन्दर ठाउँहरुलाई कैद गरिने भएको छ । चलचित्रमा नायक माधव केसीको नायिकाको रुपमा मोनिका दाहाल रहेकी छन् । यस्तै चलचित्रमा बुद्वि तामाङ्ग ‘हैट’, दावा फिन्जो तामाङ्ग, आइपी भट्टराई, कल्पना पाण्डे, कुमार ढुङ्गानालगायतको चलचित्रमा अभिनय रहेको छ ।

भिम तामाङ्गको कथा एवम् निर्माण रहको चलचित्र ‘राम साइँली’ मा देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । टेलिचलचित्रहरु निर्माण र निर्देशन गरिसकेका निर्देशक लाखमान योञ्जनले यो चलचित्रले भर्जिन दृष्यहरु चलचित्र पारखीलाई पस्किने बताए ।