सुष्माको बिकिनी पोजको चर्चा बलिउडमा समेत



काठमाडौं। अभिनेत्री तथा मोडल सुष्मा अधिकारीले स्विमिङ पुलमा गरेको फोटोसुटको तस्वीरहरु शेयर गरेर सामाजिक संजालको गर्मी बढाएकी छिन् । हल्का गुलाबी रंगको बिकिनीमा सुष्माले निकै बोल्ड पोज दिएकी छिन् ।

अभिनेत्री सुष्मा अधिकारी यतिबेला भोजपुरी फिल्म उद्योगमा संघर्षरत छिन् । सामाजिक सञ्जालमा सक्रिय सुष्माले आफ्ना ग्ल्यामर तस्बिरहरू पोष्ट गरिरहन्छिन् । सुष्माको पछिल्लो फोटोसुटलाई भारतीय मिडियाले पनि विशेष स्थान दिएका छन् । टाइम्स अफ इण्डियाले गरेको कभरेजलाई सुष्माले आफ्नो ट्वीटरमा पनि शेयर गरेकी छिन् ।

सुष्मा आफ्नो फेसन सेन्सका कारण चर्चामा आइरहन्छिन् । साडी, लेहंगादेखि क्याजुअल पहिरन तथा बिकिनीमा सुष्माले आफ्नो हट अवतार देखाउने गर्छिन् । सुष्माले अभिनयको सुरुवात नेपाली फिल्मबाट गरेकी हुन् । यसपछि उनले भोजपुरी फिल्ममा पाइला चालिन् । उनले ‘दिवाना–२’ र ‘जय मधेस’ लगायत फिल्ममा अभिनय गरेकी छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.