बिनोद एण्ड शास्त्रको ‘सेक्सी नाना’ मा हट सुष्मा (भिडियो)



काठमाडौं । नेपाली रक पप संगीत क्षेत्रका स्थापित गायक बिनोद ढकाल एण्ड शास्त्र नेपालले म्युजिक भिडियो सहित ‘सेक्सी नाना’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा गायक ढकालले स्वरसँगै गीतारबाट धुन दिएका छन् । सोनाम पाख्रिनको निर्देशन रहेको भिडियोमा सुष्मा अधिकारी फिचर्ड छिन् । भिडियोमा विकास दाहालको सम्पादन र दिनेश पराजुलीको छायांकन छ ।

उक्त ब्याण्डमा मादलमा मनोज धमला, बास गीतारमा दिपेश केसी, सारंगीमा समुन्द्र प्रसाद पन्त, रिदम गीतारमा उज्वल स्याङतान, ड्रम र ब्याण्ड मेनेजरमा भुपिन्द्र दाहाल र किबोर्डमा नवराज लामिछाने रहेका छन । गीतको एरेन्जमेन्ट पुस्कर खत्रीले गरेका हुन । भिडियो बिनोद ढकाल एण्ड शास्त्र नेपालको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.