मोडलिङ्गमा अघि बढ्दै जुना कार्की (फोटो फिचर)



काठमाडौँ। नेपाली कला क्षेत्रमा आफ्नो भबिस्य बनाउने सोचका साथ अघि बढी रहेकी जुना कार्की महोत्तरीमा जन्मिएकी हुन्। उनि बिगत एक बर्ष देखि नेपाली म्युजिक भिडियोमा मोडलको रुपमा काम गरि रहेकी छन्। उनले करिब दुई दर्जन म्युजिक भिडियोमा आफ्नो कार्य क्षमता प्रस्तुत गरि सकेकी छन्। भबिस्यमा ठुलो पर्दामा काम गर्ने आफ्नो योजना रहेको बताउने कार्कीले म्युजिक भिडियो बाट राम्रै सफलता पाएको बताइन। आफ्नो रुचिको कार्य गर्न पाउँदा अझै खुसि लागेको बताउने कार्कीलाई कला क्षेत्रमा घर परिवार बाट पनि राम्रो साथ र सहयोग रहेको उनले बताइन।