लोकप्रिय अभिनेत्रीको रुपमा उदाउने लक्ष्य बोकेकी बिना



काठमाडौँ। नेपाली कला क्षेत्रमा केहि गर्ने र यसैमा भबिष्य बनाउने भन्दै थुप्रै नव प्रवेशीहरुको आगमन भई रहेको छ। नेपाली चलचित्र क्षेत्र फराकिलो पनि बन्दै गईरहेको छ। यो क्षेत्रमा केहि गरौँ भन्ने उदेश्य बोकेर प्रवेश गर्ने मध्येकी एक हुन् बिना श्रेष्ठ। करीब ७ बर्ष पहिले नेपाल सरकारका लागि शैक्षिक विज्ञापनहरूमा काम गरेर यो क्षेत्रमा प्रवेश गरिन्। उनले ‘ओभरडोज’ नामक चलचित्रबाट ठुलो पर्दामा डेब्यु गरिन्। उनले केहि म्युजिक भिडियो र शर्ट फिल्महरुमा पनि काम गरि सकेकी छन्। उनी हाल अमेरिकामा बस्दै आएकी छन्।

उनले अभिनय कलालाई पोख्त बनाउन अभिनय सिकी रहेकी छन्। नेपाली चलचित्र क्षेत्रमा व्यावसायिक र दक्ष अभिनेत्रीको रुपमा उदाउने उनको लक्ष्य रहेको छ। अभिनय संगै उनि आफ्नो करियरमा फोकस भएर लागी रहेकी छन्। उनि आइटी इन्जिनियर समेत हुन्। नेपाली चलचित्रमा काम गर्नको लागी संधै तयार रहेको समेत उनले बताइन्।