स्वतन्त्र पार्टीका उम्मेदवारलाई भोट माग्दै मोडल उषा उप्रेती


काठमाडौं । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले यतिबेला देश तातेको छ । यसपटक केही क्षेत्रमा फिल्मका कलाकारहरु पनि उम्मेदवार बनेका छन् । उम्मेदवार नबनेका कलाकारहरु भने मनपर्ने उम्मेदवार र दललाई भोट माग्दै चुनावी कार्यक्रममा सहभागी हुन थालेका छन् ।

म्युजिक भिडियोकी चर्चित मोडल उषा उप्रेती पनि चुनावी कार्यक्रममा व्यस्त छिन् । उनी यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौंं २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार सोविता गौतमको पक्षमा खुलेकी छन् । उम्मेदवार गौतमको घरदैलो कार्यक्रममा भाग लिंदै उषाले घण्टी चिन्हमा मतदान गर्न आग्रह गरेकी छन् । ‘भोट फर सोविता दिदी’ लेख्दै सामाजिक सञ्जालमा उनले उम्मेदवार गौतमसँगको तस्वीर पनि सेयर गरेकी छन् ।

उषा पछिल्लो समयकी सबैभन्दा व्यस्त म्युजिक भिडियो मोडल हुन् ।