चैतमा महिना भरिनै नीता ढुंगाना


(सेलिब्रेटि नेपाल) काठमाडौँ
नेपाली चलचित्र क्षेत्रका थुप्रै नायिकाहरु दर्शकको आखामा बस्न सफल भएका छन् । कोहि चर्चित नायिका केहि समय पछि पलाएन् भएका छन् भने कोहि यहि क्षेत्रमा निरन्तर लागि परिरहेका छन् । कोहि निकै फुर्सदिलो भएका छन् भने कसैलाई आराम गर्ने समय पनि छैन । यस्तै अहिलेको ब्यस्त नायिकाको सूचीमा पहिलो नम्बरमा परेकी छिन् नायिका नीता ढुंगाना । पछिल्लो समय सामाजिक संजाल फेसबुकबाट आफ्नु प्रेम सार्बजनिक गरे देखित उनिलाई चलचित्रको बर्सात नै आएको छ । तर यो थाहा पाउन हामीले यो वर्षको अन्त्य सम्म कुर्नु पर्ने हुन्छ ।
Neeta-dhungana-actor
यो बर्षको अन्त्य अर्थात् आउदो चैत महिना भरि नै हामीले नेपाली चलचित्रमा नीतालाई देख्न पाउने भएका छौं । अर्थात् यो चैत महिना भरि प्रदर्शनमा आउन लागेका तिन चलचित्रहरुमा नीतालाई देख्न पाइने भएको छ । पहिलो साता अर्थात् चैत ६ मा ‘धुन’, दोस्रो साता (चैत १३)मा ‘भूलभुलैया’, अन्तिम साता (चैत २७)मा ‘फूलै फुलको मौसम तिमीलाई’ मा नीतालाई देख्न पाइने भएको छ । पुरै चैत महिना भरिनै नीता नै छाउने भएकी छिन् । उनीलाई आफ्नु प्रेम फापेको हो कि दर्शकले साचिनै उनिलाई रुचाएका हुन्, यो त आउने दिनहरूमा थाहा भइहाल्छ ।
जे होस् नायिका नीतालाई सेलिब्रेटि नेपालको तर्फबाट सुभकामना ।