छबि ओझाले नयाँ नायिका शिल्पा लाई भित्राउने


(सेलिब्रेटी नेपाल) २४ भाद्र-पुराना निर्माता तथा लगातार चलचित्र बनाउने निर्माता छविराज ओझा नेपाली चलचित्र उद्योगमा सबैभन्दा बढि कलाकार जन्माउने निर्माता हुन्। ‘युगदेखी युगसम्म’बाट नायक राजेश हमाललाई चलचित्रमा ल्याएका ओझाले रेखा थापा,आर्यन सिग्देल लगाएतका थुप्रै लाई स्टार बनाई सकेका छन्।
Shilpa-Pokhrel
रेखा थापा संग सम्बन्ध बिछेद पछि निर्माण भएको उनको प्रदर्शनको क्रममा रहेको ‘लोफर’ मा रजनी केसीलाई नायिका बनाएका ओझाले नयाँ चलचित्रको तयारी थालेका छन्। उनको नयाँ चलचित्रबाट पनि उनले नयाँ अनुहार भित्र्याउँदैछन्। म्यूजिक भिडियोमा अभिनय गरिरहेकी शिल्पा पोखरेल नयाँ चलचित्र ‘लज्जा’की नायिका बन्दैछिन्। मोडल शिल्पाले आर्यनसँग अनस्क्रिन रोमान्स गर्ने भएकी छिन्। शिल्पालाई यही चलचित्रमा काम गराउनले छविले केही समय पहिलेदेखि नै अभिनय, डान्स तथा फाइटको प्रशिक्षण लिन लगाएका थिए।

यसअघि ‘श्रीमान’ र ‘महशुस’ निर्देशन गरेका नवल नेपाल ‘लज्जा’का निर्देशक हुन्। ‘लज्जा’ कार्तिक चार गते फ्लोरमा जाने छ ।
नयाँ साल २०७१मा रिलिज गर्ने लक्ष्य रहेको ‘लज्जा’मा निर्देशक स्वयंकै पटकथा रहने बताईएको छ भने चन्द्र पन्तको द्धन्दनिर्देशन र मदन कास्यप घिमिरेको छायाँकन रहनेछ ।