आर्यनको पुनर्जन्म पिरो पिरो भो (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
अपरेशन पछी रेस्ट गरिरहेका नायक आर्यन सिग्देल अभिनित चलचित्र ‘पुनर्जन्म’ को गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘पिरो पिरो’ बोलको गीतमा आर्यनसंगै सुष्मिता शाहीले छमछमी नाचेकी छिन् । सार्वजनिक गीतमा राजेन्द्र थापाको शब्द , बसन्त सापकोटा संगीत र प्रल्हाद तिमिल्सेना र मिलन अमात्यको स्वर रहेको छ । कविराज गहतराजले नृत्य निर्देशन गरेको यस गीतलाई शिव ढकालले खिचेका हुन् ।Aryan-sigdel-sushmita-shahi
मोहन कृष्ण श्रेष्ठको चलचित्र ‘पुनर्जन्म’ मा आर्यन र सुष्मितासंगै केकी अधिकारी , गजित बिष्ट , मिथिला शर्मा , विजय लामा , लाल्क्ष्मी गिरि , रश्मी भट्ट , देशभक्त खनाल , रुश्मा श्रेष्ठ लगायतको अभिनय रहेको छ । एम.के. इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्मित यस चलचित्रलाइ निर्देशनसंगै सम्पादन पनि स्वयम् निर्देशक सजन श्रेष्ठले नै गरेका छन् । शिव ढकाल र कृष्ण थापाले संयुक्त रुपमा खिचेको यस चलचित्रमा द्वन्द अष्ट महर्जनको रहेको छ ।