‘जाउँ माया जाउँ’ भन्दै आँचल र जेपी (भिडियो)


काठमाडौँ। राजनराज सिवाकोटी र एलिना चौहानको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । गीतकार, संगीतकार तथा गायक राजनराज र गायिका एलिनाको ‘जाउँ माया जाउँ’ बोलको नयाँ म्युजिक भिडियो यु ट्युब मार्फत सोमबार सार्वजनिक गरिएको हो ।

नितिन चन्दले निर्देशन गरेको भिडियोमा विशाल महराले कोरियोग्राफी गरेका छन् । भिडियोमा आँचल शर्मा, जीपी शाह र हर्ष तण्डुकारल फिचर्ड छन् । प्रेमभाव रहेकोगीतमा शहरको सुख सुविधालाई त्यागेर गाउँघरमा जाने प्रसङ्ग कलात्मक रुपमा प्रेमभावलाई दर्शाइएको छ । रुपेश थापाले छायांकन गरेको भिडियोलाइ मिलन बिस्वकर्माले सम्पादन गरेका छन्। भिडियो इनाक्षी इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।