नेपाली कला क्षेत्रमा भबिस्य खोज्दै प्रदिप


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली कला क्षेत्रमा रहर गर्ने र कलाकारितामा आफ्नो भबिस्य बनाउन चाहनेहरुको संख्या निकै नै रहेको छ । धेरैको चाहना पर्दामा देखिने हुन्छ भने थोरैको चाहना पर्दा पछाडी रहेर काम गर्ने हुन्छ । दोलखा जिल्लामा जन्मिएका प्रदिप नेपाल पनि आफ्नो जिविका चलाउन अन्य ब्यबसाय गर्छन । ब्यबसाय संग संगै उनलाई कलाकारितामा पनि केहि गर्ने चाहना छ। चार वटा म्युजिक भिडियोमा अभिनय गरि सकेका प्रदिप आफ्नो समय मिलायर बेला बेला सोखको रुपमा अभिनयमा लागि रहने बताउछन् ।

केहि महिनाको अभिनय तालिम पनि लिएका प्रदिप रहरले कला क्षेत्रमा लागे पनि यसलाई निरन्तरता दिने बताउछन् । ‘आफु लाइ घर परिवार बाट पनि सहयोग छ अबको काममा अझै पनि मेहनत गर्छु’ प्रदिप भन्छन अबसरको खोजीमा रहेका प्रदिप जस्तै थुप्रै युवा पुस्ताका कारण नेपाली कला क्षेत्र पनि अघि बढ्न सक्छ । रहरले मात्र हुन्न आफुमा क्षमता पनि हुनु पर्छ र आफ्नो प्रतिभा अनुसारको काम गर्यो भने सफलता पनि पाइनेछ ।