अभिनेता खतिवडा लाइन्स क्लब काठमाडौँ न्यु वेभको अध्यक्ष निर्वाचित


सेलिब्रेटी नेपाल

काठमाडौँ:ओस्कार कलेजमा अभिनयमा ग्रेजुएसन गरेका अभिनेता संजय खतिवडा चलचित्रमा मात्र नभई अन्य सामाजिक कार्यमा पनि सक्रिय छन् । हालै सम्पन्न लाइन्स क्लब काठमाडौँ न्यु वेभको अध्यक्ष पदमा खतिवडा निर्वाचित भएका छन् । अध्यक्ष पदमा निर्वाचित भए संगै आफुमा अझै जिम्मेवारी थपिएको खतिवडा बताउछन् । सामाजिक कार्यहरुमा सक्रिय संस्था लाइन्स क्लबले विभिन्न महामारीमा समेत आर्थिक अवस्था कमजोर भएकाहरुलाई सहयोग गर्ने गरेको छ ।

विश्वमा देखिएको कोरना महामारीले निम्त्याएको मानवीय संकटबाट सुरक्षीत रहन देशमा भैरहेको लकडाउनको समस्याबाट सर्बसाधारण को दैनिकीमा परेको असरका कारण बिहान साॅझ छाक टार्ने समस्यालाइ महसुस गरि संकटमा रहेका देशको कला क्षेत्रमा योगदान गर्ने कलाकार तथा प्रावीधीक र उनिहरुको परिवार (४५ परिवार का १६० जना) लाइ केहीसमय सहज हुनेगरी उनिहरु बसेकै ठाउँ ललितपुर बालकुमारीमा नै गएर कलाकार संजय खतिवडा आबद्ध लायन्स क्लव अफ काठमाण्डौ न्यु वेभको तर्फबाट दैनीक उपभोग्य सामाग्री हस्तान्तरण गरिएको थियो ।

भौतिक पूर्वाधार एवं शैक्षिक विकासको क्षेत्रमा पछाडी रहेको कर्णाली प्रदेश अन्तरगत डोल्पा जिल्लाको दुनैमा लाइन्स क्लब अफ न्युवेभले अपाङ्गगता भएका असाय बालबालिकाहरुको सुविधा सम्पन्न विद्यालय भवनको निर्माण सुरु गरेको छ । यो अभियानमा पनि खतिवडाको सक्रियता रहेको छ। यसै गरि नेपालको सिमा विवादलाइ समाधान गर्न ‘सिमानामा काँडे तार नामक अभियानमा समेत खतिवडा लागि रहेका छन् ।

खतिवडाको को पहिलो चलचित्र ‘कर्णविर’ हो । उनले नेपाली चलचित्र संगै र्याम्प शो हरुमा पनि काम गरे । ०५९-६० साल तिर संकटकाल र देशको परिस्थितिले गर्दा अलिक पछि परेको बताउने खतिवडा ०६८-०६९ देखि हाल सम्म नेपाली चलचित्रमा सक्रिय छन्। चलचित्र नो स्मोकिंग,भीमदत्त,प्रदर्शनको तयारीमा रहेको चलचित्र नरसिम्हामा नायकको रुपमा कार्य गरेका उनले नेपाल टेलिभिजनबाट प्रशारण भएको मेघा सिरियल डियर जिन्दगीमा पनि अभिनय गरेका छन् ।