‘मिसेस नेपाल इन्टरनेसनल २०१९’ सहभागीले देखाए प्रतिभा


सेलिब्रेटी नेपाल

काठमाडौँ: बिबाहित महिलाहरु बीच राजधानीमा हुन लागेको सौन्दर्य प्रतियोगिताका सहभागीहरुले आफुमा अन्तर निहीत प्रतिभा प्रदर्शन गरको छन्। रिवन इन्टरटेनमेन्ट प्रालिले राजधानीमाआयोजना गर्न लागेको पाँचौ संस्करणको ‘मिसेस नेपाल इन्टरनेसनल २०१९’ मा सहभागी ३६ जना विभिन्न पेशाकर्मी र गृहीणीहरुले ट्यालेन्ट राउण्ड अन्तर्गत प्रतिभाप्रदर्शन गरेका हुन्।

अन्तिम स्पर्धाका लागि विभिन्न विषयका विज्ञहरुबाट तालिम र कक्षा लिईरहेका सहभागीहरुले नयाँवानेश्वर स्थित होटल अर्यालमाआयोजित ट्यालेन्ट शोमा अभियन, नृत्य, कवितावाचन, चित्रकला, वक्तृत्वकलाजस्ताविभिन्नप्रदर्शन गरेर निर्णायकको मन जित्ने प्रयास गरेका थिए। ट्यालेन्ट राउण्डबाट मिसेस ट्यालेण्ट चयन गरिने र त्यसको घोषण अन्तिम स्पर्धाका दिन गरिने प्रतियोगिताका पेजेन्ट निर्देशक निशुकान्तझाले जानकारी गराए। ट्यालेन्ट शोमा रंगकर्मी विरेन्द्र हमाल, शिक्षासेवी सुदन डोटेल, म्युजिक भिडियो निर्देशकसमन अधिकारी, संगीतकार सरोज प्याकुरेल र चलचित्र निर्देशक तथा नृत्य निर्देशक सावित्री खत्री निर्णायक रहेका थिए। प्रतियोगिताकाअन्तिम स्पर्धा आगामीअसोज ४ गते नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा हुँदैछ।

रमाईलो एचडीको सहयकार्यमा हुने यस वर्षको प्रतियोगितालैगिंकअसमानता विरुद्धको अभियानभन्ने मुल नाराका साथआयोजनाहुने पेजेन्ट निर्देशकझाले जानकारी गराए। अश्विनीझाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा हुने प्रतियोगितामा बिजेताले नेपालकातर्फबाट अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीहुने अवसरका साथै स्कुटर उपहार तथा विभिन्न अवसरहरु प्राप्त गर्नेछिन्। त्यस्तै प्रथम दोश्रो र तेश्रो उपविजेताहरुले विभिन्नअवसरका साथै अन्तराष्ट्रिय पेजेन्टमा भागलिने अवसर समेत पाउनेआयोजकले जानकारी गराएका छन्।