उमालाई हेर्न अभिभाबक संगै लानु पर्ने


uma poster
(सेलिब्रेटी नेपाल) ७ जेस्ठ-शशस्त्र द्धन्द्ध कालको घटनालाई मुख्य विषय बनाइएको चलचित्र ‘उमा’ लाई चलचित्र जाँच पास समितिले पीजि सर्टिफिकेट प्रदान गरेको छ । चलचित्रमा समावेश केही सम्वाद र दृश्यलाई आधार मान्दै सेन्सर वोर्डले १६ वर्ष भन्दा मुनिका केटाकेटीलाई अभिभावकको साथमा हेर्नु पर्ने गरी उक्त सर्टिफिकेट दिएको हो । आउँदो सुक्रबार बाट प्रदर्शनमा आउन लागेको ‘उमा’ मा सौगात मल्ल र ऋचा शर्माको मुख्य भूमिका रहेको छ। छिरिङ रितार शेर्पा निर्देशित चलचित्रले द्धन्द्धकालमा पुलिसमा भर्ती भएको दाजु र माओवादी छापामार बनेकी बहिनीको कथालाई प्रस्तुत गर्नेछ । सोमबार चलचित्र हेरेपश्चात सेन्सर बोर्डले केहि सिन र संवादमा आपत्ति जनाउँदै पिजी सर्टिफिकेट प्रदान गरेको हो ।

नेपालका विगत र वर्तमान राजनीतिक घटनाक्रम तथा परिवर्तनले नेपालीको जनजीवनमा पारेको प्रभावलाई उतार्न खोजिएको यो फिल्ममा ऋचा र सौगात मल्को साथमा प्रमोद अग्रहरी,प्रबिन खतिवडा, मिथिला शर्मा लगायतले अभिनय गरेका छन् । मिला प्रोडक्सनको ब्यानरमा निर्देशक स्वयंले निर्माण गरेको यो चलचित्रलाई पुरूषोत्तम प्रधानले खिचेका हुन्।
भिडियो हेर्नुस>>>>>>>>>>>>>

uma-trailer