कथाले मागे जति


नेपाली चलचित्रको बजार खस्किरहेको समयमा पनि निर्माण क्रम भने घटेको छैन अहिले पनि हप्तै पिच्छे २-३ वोटा चलचित्र हरु रिलिज भई रहेका छन । नेपाली रजतपट मा प्रवेश गर्ने नयाँ अनुहारको पनि कमि छैन । नयाँ नायिका हरु अहिले कथाले मागे जति बेड सिन र सेक्स सिन दिन पछि पर्दैनौ भन्ने गर्दछन । कथाले पनि कति हद सम्म माग्छ भन्ने कुनै सिमा नै हुन्न । चलचित्र चपली हाइट मा बिनिता बराल ले ,ए टि एम मा जिया के सी ले कथा ले मागे जति नै त्यस्ता दृश्य दियका होलान तर ए टि एम लाई उक्त दृश्य सेन्सरले काटेर एडल्ट बनायो फेरी निर्माण युनिटले काटेको सिन पनि जोडेर चलाउंदा अब कहिल्यै हलमा चलाउन नपाउने भयो । अब रिलिज हुने पर्खाइमा रहेका चलचित्र हरु पनि सेक्स केन्द्रित बनि रहेका छन । उकेश दाहालको किन किन , यौन मनोविज्ञानमा आधारति भनिएको साँघुरो,नाइन ओ क्लकमा यौन अपराधको कुरा,रक्षा मा समाबेश बेड सिनको कारण नायिका तथा निर्देशकको विवाद,बाबु बलामीको चलचित्र युज, यस्ता कुरा बजारमा आइ रहने गर्दछन । अहिले रजत पटमा प्रवेश गर्ने नयाँ नायिका हरु जसरि पनि नायिका बन्ने हो अरु यस्तै हो । जसो पनि मानिन्छ भनेर आउने गर्द छन एक निर्देशक ले भने ।