पल मलिकासँगै रातो टीका लाउदा क्या दामी देखियो सामूहिक डान्स

पल शाह,मलिका महत,आकाश श्रेष्ठ,साइग्रेस पोखरेल,रिश्ता गुरुङ,निकिता आचार्य लगायत सामुहिक डान्समा रमाइलो गरिरहेको देख्न सकिन्छ।


सेलिब्रेटी नेपाल । चलचित्र ‘आ बाट आमा २’को दोश्रो गीत ‘रातो टीका लाउदा क्या दामी देखियो’ सार्वजनिक गरिएको छ। निर्माण टिमले प्रचारप्रसार स्वरुप बिहिबार यो गीत युट्युब मार्फत रिलिज गरिएको हो। दसैंको माहोल र टीका जमरा लगाएको कथालाई गीतको भिडियोमा देखिन्छ।

डान्सिङ गीतमा पल शाह,मलिका महत,आकाश श्रेष्ठ,साइग्रेस पोखरेल,रिश्ता गुरुङ,निकिता आचार्य लगायत सामुहिक डान्समा रमाइलो गरिरहेको देख्न सकिन्छ। यस गीतको कोरियोग्राफी गंभिर बिष्टले गरेका छन्।

यस गीतको शब्द रचना,संगीत बाबुल गिरीले गरेका हुन् भने गायनमा बाबुल, रचना रिमाल,रवि वड र जुनु रिमालको रहेको छ। चन्द्र पन्तको कथा,पटकथा तथा निर्देशन रहेको यस फिल्ममा पल शाह, मलिका महत र बिपना थापा,रिश्ता गुरुङ,निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायतको मुख्य भूमिका छ।

करण सिंह प्रोडक्सन एक्जिक्युटिभ रहेको यस फिल्ममा नवराज उप्रेतीको छायाङ्कन, बाबुल गिरीको सङ्गीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ। फिल्मको ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको छ भने फिल्मलाई आरआर फिल्मस्ले नेपालभर वितरण गर्ने जिम्मा लिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.