हास्य बिधालाई मुख्य प्राथमिकताकासाथ सांगितिक यात्रा गरिरहेका सुजन न्यौपाने पछील्लो समय बिभिन्न मेला महोत्सबमा दर्शकलाई हसाउन ब्यस्त बनेका छन । हास्यब्यंगसंगै म्युजिक भिडियो निर्देशनमा पनि लागिरहेका सुजन एक प्रतिभाशाली कलाकारको रुपमा अघी बढीरहेका छन । सुजनले तीज,लोक दोहोरी र आधुनिक गरी अहिले सम्म करीब चार दर्जन भिडियोको निर्देशन गरिसकेका छन । स्टेजमा ब्यंग गर्दै दर्शकलाई पेट मिचिमिची हसाउन सफल सुजनले छोटो समयमा निकै राम्रो सफलता हासिल गरेका छन ।

सुजनले अभिनय र निर्देशनसंगै गायनमा पनि आफुलाई उतारेका छन । हालै बजारमा आएको चाहिदाको भाँडो बोलको गीतमा सुजनले स्वर भरेका छन । टी टाईम म्यूजिकको प्रस्तुतीमा रन्जित बाबु नराल (समर्पण)को ब्यङ्ग्यात्मक गीतमा सुजन स्वयम गायन, अभिनय र निर्देशनमा रहेका छन । उक्त गीतको शब्द रन्जित बाबु नराल (समर्पण)ले लेखेका छन । उक्त गितमा संगित एरेन्ज भने नरेश पाण्डेले गरेका हुन । गीतमा सुजन न्यौपानेले बास्तवीक जिवनसंग प्रत्यक्ष मेल खाने, साथिभाइहरुवाट बिस्वास घात गरेका प्रसंग त कहिले आफन्तसंग पैसाको बिवाद,प्रेमिकाले दिएको धोखा त कहिले राजनितिमा लागेर आम युवाले पाएको कष्टका बारेमा खुलेर गितमार्फत प्रस्तुती दिएका छन् । भिडियोको छाँयांकन टंक केसीले गरेका हुन । विकासले सम्पादन गरेका छन । सुजन न्यौपाने आफैले अभिनय गरेको उक्त म्यूजिक भिडियोमा उज्जवल गिरी, प्रिया भण्डारी, ओमहरी, जनप्रपेमी तथा धुर्वको अभिनय देख्न सकिन्छ ।
Category: E-News
-

ब्यङ्ग्यात्मक गीतमा सुजन,चाहिदाको भाँडो
-

बुद्ध वर्न ईन नेपाल यस्तो देखियो ट्रेलरमा
सेलिब्रेटी नेपाल काठमाडौँ
चलचित्र ‘बुद्ध वर्न ईन नेपाल’को ट्रेलर सार्वजनिक भएको छ । राजधानी स्थित एक सिनेमा घरमा औपचारिक कार्यक्रमको आयोजना गरि ट्रेलर सार्बजनिक गरिएको हो । ज्ञानेन्द्र देउजाले निर्देशन गरेको ‘बुद्ध वर्न ईन नेपाल’ अमेरिका र नेपालका विभिन्न स्थानमा छायाँकन गरिएको छ । ‘बुद्ध वर्न ईन नेपाल’मा नायक रमित ढुङ्गा, अशिष्मा नकर्मी, निर शाह, मिथिला शर्मा, अमेरिकन कलाकार न्याथ्ली र क्यात्रिन मार्च मुख्य भूमिकामा अभिनय गरेका छन् ।

जेठ ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको यो चलचित्रमा अमेरिकामा पढ्न गएको एक नेपाली युवकले बुद्ध नेपालमा जन्मेको भन्ने कुरा स्थापित गर्न गरेको संघर्षको कथा समावेश गरिएको छ । पश्चिमा देशहरुमा तथा भारतियले समेत शान्तिका दुत गौतम बुद्ध को जन्म स्थलको बारेमा भ्रम फैलाईरहँदा बुद्ध नेपालमै जन्मेका हुन् भन्ने सन्देश सहित यो चलचित्र निर्माण भएको हो । नायक रमित ढुंगाना चलचित्रका निर्माता हुन् ।
-

अनमोल र श्रृष्टीको गाजलु यस्तो देखियो
सेलिब्रेटी नेपाल काठमाडौँ
अहिलेका चल्तीका तथा बिकाउ नायक अनमोल के.सी.को अभिनय रहेको चलचित्र ‘गाजलु’को ट्रेलर सार्बजनिक भएको छ । बुधबार राजधानीमा औपचारिक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । रोहित अधिकारी निर्मित यो चलचित्रको गीत र फस्टलुक केहि समय पहिले नै सार्वजनिक भई सकेको छ ।

जेठ २८ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्रमा नायक अनमोल केसी र पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठको मुख्य अभिनय रहेको छ । निर्देशक हेमराज वीसीको निर्देशनमा बनेको चलचित्रमा सलोन बस्नेत, गौरव पहारी, मेनुका प्रधान पनि यो चलचित्रका मुख्य कलाकार हुन् । सार्बजनिक ट्रेलरमा अनमोल र श्रृष्टीलाई बढी प्राथमिकता दिइएको छ । चलचित्रमा कुमारी को कथा लाइ उठान गर्न खोजिएको छ ।
-

पाल्पाली ढाकाको चोली मार्फत अस्ट्रेलिया पुगेकी प्रकृतिको कम ब्याक
सेलिब्रेटी नेपाल काठमाडौँ
कला क्षेत्रको मोह भनेको यस्तो मोह हो जब मानिस कला क्षेत्रमा प्रवेश गर्छ उसले यो क्षेत्र छाड्नै सक्दैन । देशमा रहंदा होस् बिदेशमा रहंदा घर परिवार बाट सहयोग हुँदा होस् वा सहयोग नहुँदा कला पारखी आफ्नो कला सृजनामा लागि नै रहन्छ । लामो समय देखि अस्ट्रेलिया बस्दै आएकी गायिका अबुन पाण्डेको आफ्नै शब्दमा अस्ट्रेलिया बस्दै आएका संगीतकार टिका दाहालको संगीतमा तयार भएको नेपाली पन बोकेको गीत पाल्पाली ढाकाको चोलीको भिडियो सार्बजनिक भएको छ । नेपालमा रहंदा थुप्रै म्युजिक भिडियोमा अभिनय गरेर सफल मोडलको रुपमा परिचित प्रकृति श्रेष्ठ पनि आजकल अस्ट्रेलियामा नै बसोबास गर्न थालेकी छिन् । उनि यो भिडियोमा अभिनय गर्नका लागि नेपाल आइन र भिडियोमा काम गरिन उनको कामको पनि सबै तिर तारिफ नै भएको छ । पाल्पाली ढाकाको चोली मार्फत अस्ट्रेलिया पुगेकी प्रकृतिको कम ब्याक पनि भन्न थलिएको छ नेपाली कला क्षेत्रमा ।
गम्भीर बिस्टको निर्देशनमा तयार भएको भिडियो लाइ पवन गौतमले छायांकन गरेका हुन् भने प्रितम पाण्डेले सम्पादन गरेका छन् रन्जना म्युजिक मार्फत बजारमा आएको भिडियोमा प्रकृतिको साथमा सुरेन बसेल को अभिनय रहेको छ । -

“यो मन मुटु”को म्युजिक भिडियो सार्वजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ
आधुनिक गीत “यो मन मुटु”को म्युजिक भिडियो सार्वजनिक भएको छ । माननीय संचार मन्त्रि शेरधन राईले काठमाडौँ स्तिथ मिडिया इन्टरनेसनलको सभा हलमा बिसेष कार्यक्रमका बीच भिडियो रिलिज गरेका हुन् । संचारकर्मी ,कलाकार तथा बिभिन्न क्षेत्रका सहभागीका बीच मन्त्रि राईले भिडियो सार्बजनिक गरेका हुन् ।

रामचन्द्र थापाको शब्द र स्वरमा रहेको आधुनिक गीत “यो मन मुटु” मा कृष्ण दीप लोप्चनको संगीत रहेको छ । संचारकर्मी द्वय भोला दीप यात्री र चन्द्रमणि मुडभरीको संयुक्त निर्देशनमा तयार भएको भिडियोलाई एन पी मिडिया सोलुसनले निर्माण गरेको हो । भिडियोमा भोला स्वयम् केन्द्रिय भूमिकामा प्रस्तुत भएका छन् भने अनुज अधिकारी र दिकेश थापाले उनलाई साथ दिएका छन् । भिडियोलाई जितेन्द्र राजोपाध्याले एनिमेसन मार्फत कलरफुल बनाएका छन् । जितेन्द्रको काम तारिफयोग्य रहेको कलाकार तथा निर्देशक यात्रीले बताए । भिडियोलाई राजेन्द्र डंगोलले खिचेका हुन् ।माया ,प्रेम ,रोमान्स अनि धोका भित्र रुमल्लिएको चरित्रलाई कलात्मक रुपमा भिडियोमा प्रस्तुत गरिएको छ । बिमोचन पश्चात हेर्नेहरु सबैले भिडियोको तारिफ गरेको भन्दै सबैको साथ पाए आगामी दिनमा अझ उत्कृस्ट काम गर्ने अर्का निर्देशक मुडभरीले बताए ।
-

अस्ट्रेलियाको समुन्द्री किनारमा तिमि अनि म (भिडियो)
विभिन्न कारणले गर्दा बिदेशमा बस्न बाध्य भएका कति गायक तथा गायिकाहरुले विदेशबाट नै आफ्नो सृजना सार्बजनिक क्रम दिनानुदिन बढ्दो छ । यसै क्रममा अस्ट्रेलियामा बस्दै आएका गायक सन्जीब पराजुली र गायिका अबुन पाण्डेको स्वर रहेको नयाँ मयूजिक भिडियो ‘तिमी अनि म’ हालसालै पी.एन.पी मिडिया हाउसको यूटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।
गीतकार रमेश दाहालको शब्द र युवा संगीतकार टिका दाहालको संगीत रहेको यस गीतलाइ छायांकन, सम्पादन र निर्देशन अस्ट्रेलियामै बस्ने चर्चित निर्देशक जीवन रसाईलीले गरेका हुन् । मोडल एन्जिला महत र मोडल राजु कानलाइ फिचरिंग गरिएको यो भिडियो अस्ट्रेलियाको ब्रिसबेन शहरमा छायांकन गरिएको हो ।
भिडियो हेर्नुहोस्
-

झापाको बिर्तामोडमा बिकाशको पिढाले मर्यो (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ
पछिल्लो समयमा झापामा थुप्रै गीत हरू छायांकन भैरहेका छन् । यसै क्रममा निकै चर्चित निर्देशक बिक्रम दाहाल ले बरिस्ट संगीतकार बिकाश चौधरी को शब्द संगीत र गायन रहेको कहिले पिढाले मर्यो बोलको गीतलाई झापाको बिर्तामोडको विभिन्न ठाउमा छायांकन गरिएको छ । भिडियोमा आफ्नो अभिनयमा झापा बिर्तामोडका मोहन चौधरीको ज्यान गएको हो ।

निर्देशक बिक्रम दाहाल ले भिडियो लाई पृथक सैली र भिन्न तरिकामा कलाकार हरुलाई प्रस्तुत गरेका छन् म्युजिक हाइलाइटले उक्त भिडियो लाई यूटुब मार्फत बजारमा ल्याएको छ। जसमा शब्द संगीत र गायन बिकाश चौधरीको रहेको छ भने क्यामरा र सम्पादन जगन राई को रहेको छ आफ्नो उत्कृस्ट अभिनय मा सुमन शुस्मा र मोहनको रहेको छ ।
-

उजनको परिचय अब गायक मात्रै नभयर मोडल पनि
सेलिब्रेटी नेपाल काठमाडौँ
नयाँ पुस्ताका चर्चामा रहेका गायक उजन नेम्वांग बिगत एक दशक देखि नेपाली संगीत क्षेत्रमा सक्रिय रही आयका छन् । उजनको चौंथो एल्बम तस्वीरमा रहेको अर्को गीत तिम्रो याद अझै आउछ बोलको गीतको भिडियो छायांकन सम्पन्न भएको छ । तस्बिर एल्बम समाबेश दुइ गीतको भिडियो सार्बजनिक भई सकेको छ । अब उजनको परिचय गायक मात्रै नभयर मोडलको पनि थपिएको छ उनले आफ्नो गीतमा आफैं अभिनय पनि गरेका छन् ।

उजनको स्वर रहेको गीतमा नरेश भट्टराईको शब्द र तारा प्रकाश लिम्बुको संगीत रहेको छ शैलेन्द्र खोकालिले छायांकन तथा निर्देशन गरेको भिडियोमा गायक उजन आफैंले अभिनय गरेका छन् भने उनलाई अपोजिटमा मोडल रचना लामाले साथ् दिएकि छिन गोदावरी र पोखरामा छायांकन गरिएको भिडियो अब केहि दिनमा सार्बजनिक हुने कुरा गायक उजनले सेलिब्रेटी नेपाललाइ जानकारी दिए । -

अर्थक्वीक इन माइ लाइफ पोखराबाट फ्लोरमा
सेलिब्रेटी नेपाल काठमाडौँ
तालबाराही मन्दिर पोखरा बाट चलचित्र ‘अर्थक्वीक इन माइ लाइफ’ को सुभमुहर्त संगै छायांकन सुभारम्भ भएको छ । पोखराको रमणीय स्थान हरुको छायांकन पश्चात चलचित्र युनिट काठमाडौँ प्रस्थान गरेर काठमाडौँमा बाँकि छायांकन गरिने छ ।

निर्देशक कुबेर दंगालको निर्देशनमा मनोज खड्का,निरज न्यौपाने,प्रिया श्रेष्ठको मुख्य अभिनय रहेको छ। सुरेश मुखियाको कथा रहेको चलचित्रमा युबराज खत्रीको सिनेम्यटोग्राफी रहेको छ । रघुनाथ सापकोटाको निर्माण रहेको चलचित्रको छायांकन पोखरा र काठमाडौँमा गरिने भएको छ एउटी युवतीको जीवनमा माया,प्रेमको कारण आउने उतार चडाव लाइ चलचित्रको मुख्य बिसय बस्तु बनाईएको छ ।

-

जन्म दिने आमा प्रति समर्पित सुरजको “आमा” सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ
विगत केही सयम देखि लोक साँगितिक क्षेत्रमा क्रियाशिल तथा संघर्षरत गायक तथा सञ्चारकर्मी सुरज आचार्यको नयाँ गीत “आमा” बजारमा आएको छ । जन्म दिने आमा प्रति सम्मान भाव राख्ने शब्दहरु समेटिएको गीत बजारमा आएको छ । “दश धारा आमाको दुधको मुल्य सायदै केहि संग तुलना गर्न सकिन्न । आमाको सन्तान प्रतिको माया अनि बुढेसकालको लाठि छोराहरुले आमाका निमित्त गर्न सक्ने त्याग र दुख बिचको आमाको मायाको भावलाई भिडियोले उठान गर्छ” कलाकार आचार्यले जानकारी दिए ।

सुरज आचार्यको शब्द, स्वर र करण तामाङ्को लयमा रहेको गीतमा लामो समय देखि रंग क्षेत्रमा स्थापित ५० भन्दा बढी चलचित्रमा अभिनय गरि सकेकी कलाकर मिश्री थापा संगै सुरज आचार्य र मिलन भुजेलको समेत अभिनय उक्त भिडियोमा रहेको छ । गीत काठ्माण्डौका विभिन्न ठाउँमा छायांकन गरिएको छ । गीत अभय सापकोटाको निर्देशन र रेशम अधिकारीको छायांकन रहेको छ ।
-

अन्तराष्ट्रिय नेपाली कलाकार समाज अस्ट्रेलियाको कुइन्जल्याण्डमा
सेलिब्रेटी नेपाल अस्ट्रेलिया
अन्तराष्ट्रिय स्तरमा छरिएर रहेका नेपाली कलाकार र नेपालमा संघर्ष गरिरहेका कलाकार हरुलाई एकरुप्त गराइ कलाकारको हकहितको काम गर्ने र नेपाली भाषा साहित्य कला संस्कृतिको सरक्षण गर्ने उदेश्यले २६ अगस्ट २०१२ मा पोल्यान्डको वार्सा शहरमा औपचारिक रुपमा गठन भएको सस्था हो । अन्तराष्ट्रिय नेपाली कलाकार समाज ( अनेकस ) जस्को केन्द्रीय कार्यालय नेदरल्याण्डको आमस्टरडम शहरमा अवस्थित छ । सोही सस्थाको शाखाहरु अन्य देशको विभिन्न प्रान्तमा खोल्ने क्रममा गत शुक्रबार १८ मार्च सन २०१६ मा अस्ट्रेलियाको कुइन्जल्याण्ड मा पनि १९ सदस्यी कार्यसमिती गठन भएको छ ।

अध्यक्षमा राजु कान ,उपाध्यक्षमा नेत्रजङ्ग पाण्डे , महासचिवमा पूर्ण बहादुर परियार ,सचिवमा शिव नेपाल ,बिनोद केसी र अशिष श्रेष्ठ,कोषाध्यक्षमा अन्जेला महत त्यस्तै सदस्यहरुमा आरके भण्डारी ,भानु बराल ,अनुशा केसी ,बबिन खत्री ,श्यामराज थापा ,मिलन लामा ,अविनाष श्रेष्ठ र सुचिन केसी ,विशेष सल्लहाकारमा धिरेनराज थापा ,निराजन सिग्देल,सल्हाकारमा अविमान सिंह बस्नेत यसै गरी उक्त सस्थाको सम्रक्षकमा स्वतन्त्र प्रताप शाह सहितको कार्यकारी समिती चयन भएको छ । -

दश बर्षे सशस्त्र युद्धको जग मानिने रोल्पाको कथा रोल्पा रोग (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ
रोल्पामा घटेको सशस्त्र जन युद्दको कथा बोकेको चलचित्र ‘रोल्पा रोग’ को ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्र वैशाख १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको छ ।

दश बर्षे सशस्त्र युद्धको जग मानिने रोल्पाको सामाजिक कथा समावेश चलचित्रलाई दीपक ओलीले निर्देशन गरेका हुन् । चलचित्रमा सुशील पोखरेल, शिशिर भण्डारी, जनक घर्तीमगर, बिनु खड्का, रामबाबु आक्रोश, कश्मिर रसाईंली, मुकुन्द भुषाल, जोन योञ्जनलगायतले अभिनय गरेका छन् । ए वान मुभी मेकर्सको ब्यानरमा बनेको यो चलचित्रको प्रस्तुतकर्तामा निर्मला वली छिन् भने थलबहादुरी वलीले यसमा लगानी गरेका छन् ।
-

अस्ट्रेलियामा बनेको तिमि अनि म को भिडियो सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली संगीत बजार ओरालो लागि रहे पनि यस क्षेत्रमा रुचि राख्ने र भबिस्य बनाउन चाहने हरुको कमि छैन । कला क्षेत्र भनेको यस्तो नशा हो जो मानिस प्रवेश गर्छ उसलाई छाड्न सार्है गार्हो हुन्छ । विभिन्न कारणले गर्दा बिदेशमा बस्न बाध्य भएका कति गायक तथा गायिका हरुले विदेश बाट नै आफ्नो सृजना सार्बजनिक गरि रहेका हुन्छन । लामो समय देखि अस्ट्रेलियामा बस्दै आएका गायक सन्जीब पराजुली र गायिका अबुन पाण्डेको स्वरमा रहेको नयाँ भिडियो सार्बजनिक भएको छ ।

एन्जिला महत,राजु लाइ फिचारिंग गरिएको भिडियो अस्ट्रेलियामा नै छायांकन गरिएको हो । रमेश दाहाल को शब्द र टिका दाहालको संगीत रहेको गीत लाइ छायांकन सम्पादन र निर्देशन जीवन रसाईलिले गरेका हुन् ।
-

फ्राईडे रिलिज एकै नायकको दुइ चलचित्र लक्ष्य संगै भाग सानी भाग
सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली चलचित्र उद्योग कहिले अघि बढ्ला झन् झन् पो ओरालो लाग्दै जान लागेको छ । कुनै बेला हल्का आशा देखा पर्छ फेरी उही हुन्छ । बलिउडमा स्टार हरुको चलचित्र दर्शक हरुले कुरेर बसेका हुन्छन मेकर हरुले पनि समय हेरेर चलचित्र प्रदर्शन गर्ने गर्छन ।नेपाली उद्योगमा एकै नायकको दुइ चलचित्र एकै दिन प्रदर्शनमा आउँछ अनि दर्शकले आफ्नो मन पर्ने हिरो भए पनि दुइ वटा सिनेमा एकै साता कसरि हेर्ने समय मिलाउनु ?

यो हप्ता यस्तै भएको छ । नायक सबिन श्रेष्ठ अभिनित दुइ चलचित्र एकै साथ प्रदर्शनमा आएका छन् चलचित्र लक्ष्य र भाग सानी भाग । चलचित्र लक्ष्यमा सबिनको साथमा नायिका अनु शाह र सारिका के.सी.को अभिनय रहेको छ भने भाग सानी भाग मा सबिन र नायिका केकीको मुख्य भूमिका रहेको छ ।