‘घामपानी’ ले अन्तरजातीय विवाहको विषय बोल्छ, ‘घामपानी’ निर्देशक लामा (ट्रेलर सहित)


सेलिब्रेटी नेपाल काठमाडौँ
Nepali movie gham pani
नेपाली चलचित्र ‘घामपानी’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार दिउँसो राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी चलचत्रिको ट्रेलर सार्वजनिक गरिएको हो ।

सञ्चारकर्मी एवं चलचित्र समिक्षक दीपेन्द्र लामा निर्देशित चलचित्रमा दयाहाङ राई र केकी अधिकारी मुख्य भूमिकामा छन् । अन्तरजातिय प्रेमको कथा बोल्ने चलचित्रमा दयाहाङ राई तामाङ समुदाय, केकी अधिकारी ब्राहमण जातिय परिवारको सदस्यको रुपमा छन् । फरक समुदायका दया र केकीबीचको प्रेम अनि त्यस पश्चात उत्पन्न हुने परिस्थितीको वरीपरीमा चलचित्र घुमेको निर्देशक लामाले जानकारी दिए ।

ट्रेलर सार्वजनिक कार्यक्रममा भने दया र केकी दुबै जना उपस्थित भएनन् । कार्यक्रममा समिक्षक समाजका अध्यक्ष यज्ञश, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष सन्दिप सापकोटा, अश्लेशा ईन्टरटेन्मेन्टका अध्यक्ष विश्व गौचन, पपकर्न पिक्चर्सका प्रचण्डमान लगायतले ’घामपानी’ युनिटलाई सुभकामना दिएका थिए ।

निर्देशक लामाको पहिलो डेब्यु चलचित्र ‘घामपानी’ नयाँ वर्षको छेको पारेर वैशाख १ गेत रिलिज हुँदैछ । चलचित्र ‘घामपानी’ यो वर्ष निकै आशा गरिएको चलचित्र मध्येको एक हो ।
ट्रेलर हेर्नुहोस्: