विनुसा र सागरको ‘माया हाम्रो’ सार्वजनिक



काठमाडौँ। नेपाली सुगम संगीतमा सम्भावना बोकेकी गायिका विनुसा राई र गायक सागर गैरेको स्वरमा रहेको ’माया हाम्रो’ गीतको भिडियो सार्वजनिक गरिएको छ । श्याम मर्हजनको शब्द तथा संगीत र बलराम राजवंशीको एरेन्ज रहेको गीतमा प्रेमील मनका जिवनका भोगाईहरुलाई समेटिएको छ ।

मायामा भएका उत्साह र उमङ्ग साथै प्रेममा आइपर्ने असहज परिस्थितीलाई पनी गीतमा समेटिएको छ । जयन्द्र कुवँरको छायाँकन तथा विजयराज भुर्तेलको सम्पादन तथा निर्देशन रहेको भिडियोमा सागर गैरे र कोरल थापाको अभिनय देख्न सकिन्छ । भिडियो श्याम महर्जनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।