सिम्रन परियारको गीत ‘चुना लायर’ मा इशाको नृत्य


काठमाडौँ। सिम्रन परियारको स्वरमा समावेश ‘चुना लायर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । दिनेश सुवेदीको शब्द रहेको यो गीतमा बाबुल गिरीको संगीत छ । गीतको भिडियोमा मोडल इशा परियारले नृत्य गरेकी छिन् । लामो समयदेखि मोडलिङ क्षेत्रमा सक्रिय इशाले यो गीतको भिडियोमा आकर्षक नृत्य गरेकी छिन् ।

उनले, यसअघि नायक पल शाहसँग ‘डार्लिङ डार्लिङ’ बोलको गीतको भिडियोमा पनि काम गरिसकेकी छिन् । साथै, इशाले एक दर्जन बढी भिडियोमा पनि नृत्य गरेकी छिन् । यो भिडियोमा उनको मेहनत प्रष्ट झल्किएको छ ।

भिडियोमा उनको साथमा विशाल कैनी, रमेश अधिकारी, रमेश वुढाथोकी र दीपेन्द्र कुँवरको पनि अभिनय हेर्न सकिन्छ । विशाल कैनीको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा मिलन विश्वकर्माको सम्पादन, नवराज उप्रेतीको छायांकन छ । भिडियोमा एक युवतीको बदलाको कथा पनि समेटिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.