राजेश हमालको ‘युगदेखि युगसम्म’ पुस्तक लोकार्पण




काठमाडौँ ।
अभिनेता राजेश हमालको जीवन, सिनेमा यात्रा र समाजप्रतिको योगदान समेटिएको पुस्तक ‘महानायक राजेश हमाल : युगदेखि युगसम्म’ सार्वजनिक गरिएको छ। शनिबार (असोज २५ गते) काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष समारोहमा यो पुस्तक लोकार्पण गरिएको हो।

लेखक यज्ञशसँगको संवादमा आधारित यो पुस्तकमा हमालको पर्दादेखि पानासम्मको लामो यात्रा, चलचित्र क्षेत्रमा बिताएको समय, संघर्ष, सफलताको कथा र व्यक्तिगत जीवनका रोचक प्रसङ्गहरू समेटिएका छन्। लोकार्पण कार्यक्रममा स्वयं महानायक हमाल, लेखक यज्ञश, साहित्यकार बुद्धिसागर र मधु भट्टराईले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे।

पुस्तकले हमालको सिनेमाप्रतिको दृष्टिकोण, समाजप्रतिको सोच र नेपाली चलचित्रको विकासमा उनको योगदानलाई आत्मीय र दस्तावेजीय ढङ्गले प्रस्तुत गरेको छ।

‘राजेश हमाल : युगदेखि युगसम्म’ केवल एउटा जीवनी होइन, नेपाली चलचित्र इतिहासकै एउटा युगको दस्तावेज बनेको सबैको अभिमत थियो।

Copyright © 2012 - 2026 | All Right Reserved.