‘सम्झनाका पल’ सार्वजनिक (भिडियो)


काठमाडौं । राज टाइगरको शब्द, वसन्ती लामाको संगीत र गायक बिबेक दोङको स्वर रहेको नयाँ गीत ‘सम्झनाका पल’ सार्वजनिक गरिएको छ । आफ्नो प्रेमिकाको मृत्यु र सम्झनाका भावलाई समेटिएको यस गीतमा गोविन्द सोनीको मिक्सिङ/माष्टरिङ, विशाल योञ्जनको रेकर्डिङ रहेको छ ।

अमर ओलीको निर्देशन रहेको भिडियोमा सूर्य कुमार र रविना कार्कीको अभिनय देख्न सकिन्छ । ज्ञानकुमार कट्टेलको सम्पादन तथा रंग संयोजन पदम सुवेदी, मेकअप आर्टिष्ट मिरा लामा र पोस्ट-प्रोडक्सन सदिक्षा फिल्मस्ले गरेको हो ।

गीतको भिडियोलाई सदिक्षा फिल्मस् युटुबमार्फत हेर्न सकिन्छ । संगीतप्रेमीहरूले गीतलाई जीवनका भावुक क्षण सम्झाउने सिर्जना भन्दै प्रशंसा गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.