रेखालाई चिढाउन नितालाई अवार्ड


Rajan-Ghimireलेखक-राजन घिमिरे
नेपाली फिल्मी अवार्डहरू कहिले पनि विवादबाट मुक्त हुन सकेनन्। त्यसो त यस्तो अवार्डमा अवार्ड दिने र लिने दुवैमा स्वार्थ देखिएपछि अवार्ड विवादबाट मुक्त हुने कुरा पनि भएन। गत हप्ता यस्तै नाटक देखियो टीभी फिल्मी अवार्डमा पनि। अवार्ड पाउने कुरा पहिले नै निर्क्योल भएपछि उत्कृष्ट नायिकको अवार्ड हात पारेकी नीता ढुंगाना परिवारसहित समारोहमा पुगेकी थिइन्। यस्तो थाहा हुँदाहुँदै पनि उनले अवार्ड आफूले अप्रत्यासित रूपमा पाएकोजस्तो गरेर भाषण पनि ठोकिहालिन्। कसरी उच्चारण गरिन् उनले? अरूलाई समेत अड लाग्नेगरी उनी भावुक हुँदा अरू भने हाँसे। कार्यक्रम सञ्चालिका निशा अधिकारीले पनि कूटनीतिक पारामा भनिन्, ‘पाँच वर्षभित्र नेपालको नम्बर वन नायिका बन्छु भन्ने नीताले त तीन वर्षमा नै अवार्ड पाइन्।’ यो व्यङ्ग्य नीताले बुझिनन्। ‘बुझुन् पनि कसरी यस्तो कुरा बुझ्न अध्ययन पनि गर्नुपर्‍यो नि। अरूको साथ र सहयोगमा क्यारियर बनाउन खोज्नेहरूले गहिरो कुरा बुझ्न सक्दैनन्,’ निताको बारेमा गाइँगुइँ सुरु भयो।

कसैलाई देखाउन वा अरूको कारण अर्कैले अवार्ड पाउने तथा दिइने प्रचलनले गर्दा यस्ता अवार्डहरूको गरिमा र उच्चता खस्कँदै जान थालेका छन्। उत्कृष्ट नायिकाको अवार्ड हात पारेकी नीताले अवार्ड पाउने कुरा पहिले नै निश्चित हुनुमा अर्की नायिका रेखा थापा कारण बनेकी रहिछिन्। रेखालाई कार्यक्रममा नाच्न र सहभागी हुन पहिले नै जानकारी गराइएको रहेछ। तर, उनले व्यस्तताका कारण आयोजकसँग सम्पर्क गरिनन् अनि स्टेजमा आफू ननाच्ने कुरा पनि खुलस्त पारिन्। तर, त्यही कुराको इगो र रेखालाई देखाउन नीतालाई अवार्ड दिइएको कुरा फिल्म बजारमा व्यापक नै भयो।

rekha thapa neeta dhungana

नीताले जुन फिल्मबाट अवार्ड पाइन् त्यो फिल्ममा उनले अवार्ड पाउने त्यस्तो कुनै काम नै नगरेको कुरा चलचित्रकर्मीहरू बताउँछन्। उता सिङ्गो चलचित्र ‘लङ्का’ एक्लो काँधमा बोकेर व्यवसायिक सफलता दिलाएकी रेखाले स्टेजमा नाच्न इन्कार गरेकै कारण अवार्डबाट वञ्चित हुनुपर्‍यो। अनि त्यसमाथि एक दिनअघि नै नीतालाई आयोजकले ‘तिमीले अवार्ड पाउँदैछौँ आज राम्री भएर आउनु’ भनेर अग्रिम जानकारी दिएको कुरा मिडियामा आउनुबाट पनि टीभी फिल्मी अवार्डको गरिमामा शङ्का गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

गोपीकृष्ण टीभी र चलचित्र विकास बोर्डबीच सम्बन्ध सुमधुर नहुनु र चलचित्र विकास बोर्डले केही समयअगाडि धरानमा गरेको महोत्सवको नीताले खुलेर विरोध गर्नु पनि यो अवार्ड नीताले पाउनुको पछाडिको कारण हो। दुई संस्था अनि व्यक्तिको ‘इगो’का कारण अवार्ड पाएकी नीता फुरुङ्ग हुनुपर्ने कारण नै छैन।
नीताले आफ्नो उच्चकोटिको काम अनि आफ्नै दक्षता र क्षमताले यो अवार्ड पाएकी होइनन्। यो कुरा सायद उनलाई पनि मनन होला। त्यसकारण इगो, वैमनुष्यता तथा विवादमा मुछिएको अवार्ड पाएर दङ्ग हुनुभन्दा अवार्डविहीन भएर सबैको तारिफ पाउनु र वाहवाही पाउन सक्नु नै सबैभन्दा ठूलो पुरस्कार हो। यो अवार्ड नीताले त पाइन् तर बजारमा चर्चा भने रेखा थापाको बढी भयो। उत्कृष्ट नायिकाको अवार्ड जित्दा पनि कतै, कुनै ठाउँमा नीताको चर्चा र व्याख्या छैन। यसबाटै बुझिन्छ कि नीताको हैसियत, उपस्थिति र क्षमता अनि दक्षता।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.