एकल महिलाको पिडा दर्शाउदै भक्तको गीत ‘रुँदा रुँदै’ (भिडियो)



काठमाडौंँ । गायक भक्त प्रधानको स्वरमा ‘रुँदा रुँदै’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ। गीतले एकल महिलाको आवाज बेजोड रुपमा उठाएको छ । भिडियोमा सुरविर पण्डित, रस्मि भट्ट, शिशिर भण्डारी, जुना कार्की, नरेश संग्रौला लगायतको अभिनय छ । भिडियोले दलित र बाहुन समुदायको प्रेम र एकल महिलाको पिडा देखाएको छ ।

भिडियोका निर्देशक मुनाल शिशिर कोइराला हुन् । एकल महिलाले पनि आफ्नो इच्छा अनुसार आफ्नो दोस्रो जिन्दगी सुरु गर्न पाउनुपर्छ भन्ने सन्देश भिडियो मार्फत आफुले दिन खोजेको निर्देशक कोइरालाले बताए । नितेश राईको शब्द तथा संगीत रहेको गीतको एरेन्जर राजु कार्कीले गरेका हुन् । दीपक गिरीको छायांकन, सिलन लम्सालको सम्पादन रहेको भिडियो विकल्प क्रियसनको प्रस्तुतिमा योङ माइन्डस् इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.