निराजनको यादमा निरन्जली (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: तेम्बा शेर्पा र दिपा लामाको स्वरमा सजिएको नयाँ गीत ‘च्याङ्ग्बा तलाई मेरो माया लाउँछ भनेत’ को भिडियो सार्वजनिक गरिएको छ । दिपक शर्माको शब्द शृजनामा तयार भएको गीतले परदेशमा रहेका प्रेमी र स्वदेशमा परहेकी प्रेमीकाको प्रतिक्षात्मक घडीलाई नजिकबाट केलाएको छ । युवराज वाईवाले निर्देशन गरेको भिडियोले पछिल्लो समय छोरा मान्छे कामको शिलशिलामा परदेश जानुपर्ने बाध्यता र प्रेमीकाले आफ्नो प्रेमी आउने दिन गन्दै बसिरहेका लाखौँ प्रेमील जोडीहरुको मर्मलाई भिडियोमा उर्तान सफल देखिन्छन् ।

जसमा निराजन प्रधान र निरन्जली लामालाइ फिचर्ड गरिएको छ । नरेन्द्र वियोगीले एरेन्ज गरेको गीतको भिडियो उत्सब दाहालले खिचेका हुन् भने विकाश दाहालले सम्पादन गरेका हुन् । मनिता गहतराजको कोरियोग्राफी रहेको छ ।