रघुगाउँमा प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला सम्पन्न


काठमाडौँ। मगर चलचित्रकर्मी संघको ५ दिने प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला कार्यक्रमबाट ६ वटा लघुचलचित्र निर्माण सम्पन्न भयो। चलचित्र विकास बोर्डको आर्थिक सहयोग र आदिवासी जनजाति चलचित्र महासंघको सहकार्यमा ५ दिने चलचित्र निर्माण प्रयोगशाला कार्यक्रमको उद्घाटन आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष पुर्खाजित राईको प्रमुख आतिथ्य, भिमाद नगरपालिका वडा नं २ रघु गाउँका अध्यक्ष दिनेश थापा मगरको विशेष आतिथ्यमा चलचित्र विकास बोर्ड अन्तर्गत मातृभाषी चलचित्र प्रवद्र्धन समितिका सदस्य सगीना सुनुवार, होमस्टे अध्यक्ष रुमबहादुर थापामगर, मगर चलचित्रकर्मी संघका निवर्तमान अध्यक्ष तथा उपाध्यक्ष युवराज मास्की राना मगर र मेजन पुनको आतिथ्यमा ५ दिन सम्म निर्माण प्रयोगात्मक कार्यशाला तनहुँको रघु गाउँमा भएको थियो ।

आदिवासी जनजाति महासंघमा आवद्ध भएका जातीय चलचित्रकर्मी संघहरुलाई पनि प्रतिनिधिको लागि आव्हान गरिएकोमा बाराबाट खगेन्द्र थामी, चितवनबाट नेत्र गुरुङको सहभागी रहयो भने कुमालबाट छबिलाल कुमाल पनि सहभागीता रहेको थियो ।

२५ जना सहभागीहरु मध्येबाट छनोट भएका ६ वटा कथालाई स्क्रिप्ट बनाएर रघु गाउँको विभिन्न ठाउँमा सहभागीहरुले चलचित्र निर्माण गरेका थिए । रघु गाउँ विश्वयुद्धका योद्धा भिसी नेत्रबहादुर थापामगरको गाउँ हो । तिनै वडाको एउटै गाउँ भएको यस वडामा होमस्टे संचालनमा रहेको छ। सोही रघुगाउँ होमस्टेमा बसेर चलचित्रकर्मीहरुले स्थानिय कलाकारहरु सहित चलचित्र निर्माण गरेका थिए । कार्यक्रम मगर चलचित्रकर्मी संघका अध्यक्ष भीम रानामगरको अध्यक्षतामा सम्पन्न भएका थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.