राष्ट्रिय चलचित्र पुरस्कारविरुद्धको रिट भयो खारेज


राष्ट्रिय चलचित्र पुरस्कारविरुद्ध दायर भएको रिट खारेज भएको छ। ‘प्रकाश’का लेखक विकास सुवेदी, निर्देशक दिनेश राउत तथा सिनेमा छायाँकन भएको जुम्लाका स्थानिय मीनराज आचार्यले असोज २४ गते रिट दायर गरेका थिए।

रिटमाथि फैसला सुनाउँदै पाटन उच्च अदालतका न्यायाधीशद्धय लेखनाथ पौडेल र टीकराम आचार्यको संयुक्त इजलासले मंगलबार रिट खारेज गरेका हुन् ।

गत वर्ष भदौ १२ गते राष्ट्रपति कार्यालय शीतल निवासमा सर्वश्रेष्ठ फिल्म घोषणा नगरी अन्य विधामा मात्र पुरस्कार वितरण गरिएको थियो ।

रिट दायर भएपछि बोर्डविरुद्ध कारण देखाउ आदेश जारी गरेको थियो ।

वारेसमार्फत बोर्ड अध्यक्ष भुवन केसीले अदालतलाई जवाफ दिँदै फिल्म ‘प्रकाश’लाई जुरीले उत्कृष्ट चलचित्र भनी सिफारिस गरेको तर बोर्डका एक सदस्य रविचन्द्र अधिकारीले उजुरी निवेदन दिएपछि गठित तीन सदस्यीय समितिले दिएको प्रतिवेदनको सुझावको आधारमा उत्कृष्ट राष्ट्रिय चलचित्र विधाको पुरस्कार स्थगन गरेको जिकिर गरेका थिए ।

Copyright © 2012 - 2026 | All Right Reserved.