सिम्पल सम्मानबाट पाँच जना श्रस्टा सम्मानित


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली गीत संगीत कला र सामाजिक क्षेत्रको विकास र बिस्तारमा लागि परेको सामाजिक संस्था सिम्पल आर्ट्सले २० बर्ष देखि साहित्य,संगीत र कला क्षेत्रमा योगदान पुर्याउदै आएका व्यक्तित्वलाइ प्रदान गर्दै आएको सिम्पल सम्मान अन्तर्गत ‘सिम्पल सम्मान’ यस बर्ष पनि ५ जना व्यक्तित्वहरु लाइ प्रदान गरेको छ । राजधानीमा एक कार्यक्रमका बिच साहित्यकार हरि मन्जु श्री,साहित्यिक पत्रकार चेतनाथ धमला,गायक अमर तन्डुकार,चलचित्र निर्देशक तथा संचारकर्मी जनकदिप पराजुली र कलाकार रबिना थापालाइ प्रदान गरिएको हो ।

सिम्पल आर्टसका अध्यक्ष शंकर भारतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बरिस्ट चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा प्रमुख अतिथि रहेका थिए । संस्थाका उपाध्यक्ष पुस्कर जंगमको संयोजकत्वमा गठित प्रतिभा चयन समितिले उक्त व्यक्तित्वहरुलाइ सम्मानको लागि चयन गरेको हो । कार्यक्रममा बरिस्ट संगीतकार तथा सिम्पल आर्ट्सका सल्हाकार विजय सिंह मुनालको श्रदान्जली कार्यक्रम पनि सम्पन्न गरियो । कार्यक्रममा उपस्थित व्यक्तित्व तथा संस्थाका पदाधिकारीहरुले मुनालको फोटोमा माल्यार्पण गरेर श्रदान्जली व्यक्त गरेका थिए ।