छायांकनमा ‘सत्या’


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र सत्याको शुभ मुहर्त सँगै धमाधम छायांकन भई रहेको छ । चलचित्रको केही दिन अघि मनकामना मन्दिरमा शुभ मुर्हत गरेर चितवनका बिभिन्न स्थानमा छायांकन भईरहेको छ । धनेश्वर फिल्म एण्ड एर्भटाईजिङ्गको ब्यानरमा सुमन खत्री,जमुनादेबी कालाखेती र समिर श्रेष्ठले निर्माण गरेको यो चलचित्रलाई मिलन आलेमगरले निर्देशन गरीरहेका छन् ।

चलचित्रमा सुमन तण्डुकारको छायांकन,देब मर्हजनको द्धन्द,बिकास चौधरीको संगीत रहेको छ चलचित्रमा राज कालाखेती,प्रिया शर्मा,करण शिंह बोहोरा,वर्ष थिङ्ग,समिर श्रेष्ठ,सुमन खत्री,तेजा ऐर,बिकास थापा लगायतको मुख्य भूमिका रहेको छ ।