प्रशान्त र सुशीलको ‘रणवीर’ मङ्सिर १४ मा


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘रणवीर’ ले आफ्नो प्रदर्शन मिति कन्फर्म गरेको छ चलचित्र आउँदो मङ्सिर १४ बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ । एक्सन , सस्पेन्स र थ्रिल मिश्रित चलचित्रको छायाँकनको लागि दुई गीत मात्र बाकि रहेको छ भने यतिबेला पोष्टप्रोडक्सनको काम भइरहेको छ । उपत्यकाको लागि स्टेसन फाइभ र मोफसलको लागि डिसीएनले चलचित्र वितरण गर्नेछन । यी दुई वितरण संस्था सँगकै छलफलपछी डेट तय गरिएको निर्माण पक्षले जानकारी दिएका छन् ।

चलचित्रमा शिर्ष भूमिकामा सुशील सिटौला रहेका छन् । उनले चलचित्रकै लागि आफ्नो शरीरमा बदलाव समेत ल्याएका छन्, जसलाई सार्वजनिक हुने भिडियो सामाग्रीले प्रस्ट्याउने विश्वास निर्माण टीमको रहेको छ । सुशीलसँगै चलचित्रमा प्रशान्त ताम्राकार, हरिहर शर्मा,नरेश पौड्याल,टिका पहाडी,रवी गिरी,जीवन भट्टराई,बसन्ती भट्ट लगायतको अभिनय रहेको छ ।

यसै लचित्र मार्फत मोडलिङमा आफ्नो छुटै पहिचान बनाउन सफल शुभेच्छा खड्का र सुपुश्पा भट्ट डेब्यु गर्दैछन । शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथालाई लिएर निर्माण भएको चलचित्रलाई गोविन्दसिंह भण्डारीले निर्देशन गरिरहेका छन् । चलचित्र ‘गाँजा बाजा’ निर्माता दिपेन्द्र रेग्मी र गोमा विष्टले संयुक्त रुपमा ‘रणवीर’ निर्माण गरिरहेका छन् । महेश पौडेलको छायाँकन रहने चलचित्रमा चन्द्र पन्तको द्वन्द, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहेको छ । गम्भिर विष्ट र सुरेन बसेल चलचित्रको कोरियोग्राफर रहेका छन् ।