रोज राणालाई कांग्रेसले दिएन टिकट


(सेलिब्रेटी नेपाल) १६ असोज-नेपाली कांग्रेस संसदीय बोर्डले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सुचीमा रोजको नाम परेको छैन्। उनी प्युठान क्षेत्र नम्बर दुईबाट प्रत्यक्षतर्फ सिफासिर भएका थिए। सो क्षेत्रबाट देवराम पुनले टिकट पाएका छन्।
Roj-Rana
रोज राणा लगाएत केहि चलचित्रकर्मीहरु कांग्रेस सभापति सुशील कोइरालाको घरमा पुगेका थिए सभापति कोइरालाले हाँसेर ‘हुन्छ’ पनि भनेका थिए। तर अन्त्यमा उनलाई कांग्रसले पत्याएन। वरिष्ठ नेता देउवा पक्षको असहमतीको कारण रोजले टिकट नपाएको बताइएको छ। उनी सभापति कोइराला निकट मानिन्छन्। एमाले बाट कलाकार भुवन के सी,माओबादी बाट नायिका रेखा थापा र राप्रपा नेपाल बाट अन्य ३ सेलिब्रेटी लाई टिकट दिएको छ भने कांग्रेसले रोजलाई नपत्याए पनि अर्का निर्माता रमेशजंग रायमाझीलाई भने प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ। रायमाझीलाई मोरङ क्षेत्र नम्बर ८ बाट चुनाव लड्दै छन्।