मनाङ र मुस्ताङको चिसो ठण्डीमा वर्षा संग पल र नाजिरको रोमान्स


सेलिब्रेटी नेपाल

काठमाडौँ : मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘विर विक्रम २’ को हाल मनाङ र मुस्ताङका रमणीय स्थानमा धमाधम छायाँकन भई रहेको छ । मुस्ताङ चलचित्रको गीत छायाँकन चलिरहेको छ । शो गीतमा चलचित्रका मुख्य कलाकार पल शाह, वर्षा सिवाकोटी र नाजिर हुसेनलाई फिचर्ड गरिएको छ ।

चाम्स इम्टरटेनमेन्ट र लण्डन सिने आईको ब्यानरमा निर्माण भएको चलचित्रमा अपर्ण सापकोटा सह निर्माताको रुपमा रहेका छन् । कोरस डान्सरको जम्बो टोली सहित मुस्ताङमा छायाँकन भइ रहेको गीत करिब २३ लाख बराबरको बजेटमा तयार हुने निर्देशक मिलन चाम्सले बताए । रञ्जीत गजमेरको संगीत, कुसुम गजमेरको शब्द रहेको गीतमा तारा प्रकाश लिम्बु र मेलिना राईको स्वर रहेको छ ।

‘विर विक्रम २’ चलचित्र विर विक्रमको सिक्वेल नभएको निर्माण युनिटले जनाएको छ । चलचित्रमा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, विनिसा भण्डारीका अलवा, बुद्धि तामाङ, बालकलाकार मनिष लिम्बु, देशभक्त खनाल, शिशिर राणा, मनोज केसी, सन्तोष खनाल, क्षितिज भण्डारी लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको ‘विर विक्रम २’ मा रंजित गजमेर, राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, बनिष शाहको सम्पादन रहेको छ ।