मेकअपका गुरू साम्भा रहेनन्


(सेलिब्रेटी नेपाल) १२ फागुन-नेपाली चलचित्र क्षेत्रमा मेकअपका गुरू मानिने सबैभन्दा पूराना मेकअप म्यान साम्भा दिनकर पाटिल (शम्भु क्षेत्री)को निधन भएको छ। पाटिलको आईतवार राती पौने दश बजे काठमाण्डौको विर अस्पतालमा उपचारको क्रममा निधन भएको हो। झण्डै दुई बर्षदेखि आन्द्राको समस्याका कारण विरामी पर्दै आएका साम्भा बिगत केहि महिनादेखि भने आन्द्राको समस्याकै कारणले ग्रस्त थिए।
Shambhu-xetri
उनको ६० बर्षको उमेरमा निधन भएको हो। उनको आज बिहान ८ बजे पशुपती आर्यघाटमा दाहासंकार गरिएको छ। मेकअप मेन पाटेलको निधनप्रति दुःख प्रकट गर्दै चलचित्र प्राविधिक संघले आज गर्ने तय भएका सम्पूर्ण सुटिङका कार्यक्रम स्थगन गर्ने भएको छ। पाटेल नेपाली चलचित्रमा मेकअपको सुरुवात गर्ने पहिलो व्यक्ति हुन् । उनको निधनप्रति गहिरो शोक व्यक्त गर्दै चलचित्रकर्मीहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

कुसुमे रूमालबाट मेकअप म्यानको पेशा अंगालेका साम्भा अधिकांश श्रृङ्गार कर्ताको गुरु मानिन्छन्। मिलनसार व्यक्तिको रुपमा परिचित साम्भाले सय भन्दा बढि चलचित्रमा मेकअप म्यान भएर काम गरेका छन्। नेपालीसँग बिबाह गरि नेपाली नागरिता लिएर यतै घरजम गरेका साम्भाको मेकअपमा तयार भएका करोडपती, नेपाली बाबु, माइली, हामी तीन भाई, सुख दु:ख, मसान, छोडि गए पाप लाग्ला, साथी म तिम्रो, सो सिम्पल चर्चित चलचित्र हुन्।