बुद्ध वर्न ईन नेपाल यस्तो देखियो ट्रेलरमा


सेलिब्रेटी नेपाल काठमाडौँ
चलचित्र ‘बुद्ध वर्न ईन नेपाल’को ट्रेलर सार्वजनिक भएको छ । राजधानी स्थित एक सिनेमा घरमा औपचारिक कार्यक्रमको आयोजना गरि ट्रेलर सार्बजनिक गरिएको हो । ज्ञानेन्द्र देउजाले निर्देशन गरेको ‘बुद्ध वर्न ईन नेपाल’ अमेरिका र नेपालका विभिन्न स्थानमा छायाँकन गरिएको छ । ‘बुद्ध वर्न ईन नेपाल’मा नायक रमित ढुङ्गा, अशिष्मा नकर्मी, निर शाह, मिथिला शर्मा, अमेरिकन कलाकार न्याथ्ली र क्यात्रिन मार्च मुख्य भूमिकामा अभिनय गरेका छन् ।
Buddha Born in nepal
जेठ ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको यो चलचित्रमा अमेरिकामा पढ्न गएको एक नेपाली युवकले बुद्ध नेपालमा जन्मेको भन्ने कुरा स्थापित गर्न गरेको संघर्षको कथा समावेश गरिएको छ । पश्चिमा देशहरुमा तथा भारतियले समेत शान्तिका दुत गौतम बुद्ध को जन्म स्थलको बारेमा भ्रम फैलाईरहँदा बुद्ध नेपालमै जन्मेका हुन् भन्ने सन्देश सहित यो चलचित्र निर्माण भएको हो । नायक रमित ढुंगाना चलचित्रका निर्माता हुन् ।