चलचित्र पत्रकार संघले गर्यो बाढीबाट घाइतेका लागि रगत संकलन


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र पत्रकार संघ नेपालले बाढी-पहिरोमा परि घाइते भएकाहरुलाई सहयोगको निमित्त रगत संकलन गरेको छ । बुधबार राजधानीमा रक्तदान कार्यक्रम गर्दै संघले घाइतेका लागि रगत संकलन गर्यो रक्तदान कार्यक्रममा झन्डै २ सय जनाको उपस्थिति रह्यो । त्यसमध्ये ८१ जना रगतदानको लागि सक्षम भए । अन्यले भने विभिन्न शारीरिक समस्याका कारण रक्तदान गर्न सकेनन् । नेपाल रेडक्रसको माध्यमबाट संकलित रकम सिधै बाढी प्रभावित क्षेत्रमा पुर्याइने भएको छ । उक्त रक्तदानमा केहि चलचित्र कर्मीले समेत रक्तदान गरेका थिए ।