नायक दीलिप रायमाझीसँग यस्तो रोमान्टिक अवस्थामा भेटिइन् सुन्दरी केकी(भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चर्चित नायक दीलिप रायमाझी पछिल्लो समय एकपछि अर्को गर्दै म्यूजिक भिडियोमा छाइरहेका छन् । लगातार एकपछि अर्को गर्दै हिट गीतहरु दिइरहेका दीलिपले केकीसँग रोमान्स गरेको भिडियो अहिले चर्चामा रहेको छ । गायक वीरेन्द्र श्रेष्ठ र अन्जु पन्तको स्वर रहेको गीतको म्यूजिक भिडियो पिरिमको बाढी सार्वजनिक गरिएको २४ घण्टा नबित्दै डेढ लाख बढी दर्शकले हेरिसकेका छन् ।

प्रेम र रोमान्सलाई मुख्य विषयबस्तु बनाइएको भिडियोमा दिलिप र केकी गज्जबसँग खुलेका छन् ।दीपक शर्माको शब्द र संगीत र नरेन्द्र वियोगीको संगीत संयोजन र श्यामश्वेत रसाईलीको मिक्सिङ रहेको गीत रहेको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् । एट के नामक च्यानल मार्फत सार्वजनिक गरिएको रोमान्टिक शैलीको भिडियो यो समाचार तयार गर्दासम्म करिब डेढ लाखले हेरिसकेका छन् ।