बिष्णु माझी र तेजसको छोटो कपाल सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल

काठमाडौं : इनाक्षी इन्टरटेन्मेन्टको प्रस्तुतिमा गायक तेजश रेग्मी र गायिका बिष्णु माझीको स्वर रहेको गीत ‘छोटो कपाल’को भिडियो सार्वजनिक गरिएको छ । तेजश रेग्मी कै शब्द संगीत तथा आशिष अबिरलको संगीत सँयोजन रहेको गीतको भिडियो इनाक्षी इन्टरटेन्मेन्टको अफिसियल युट्युब मार्फत सार्वजनिक भएको हो ।

गीतको भिडियोमा नायिका शुस्मा कार्की र पछील्लो समयमा गायन तथा मोडलिङमा चर्चा कमाइरहेका मोडल तथा गायक दुर्गेश थापाको साथमा गोबिन्द भट्टराई फिचर्ड छन । भिडियोलाई शिव बिकले निर्देशन गरेका हुन् । भिडियोमा कलेज पढ्ने युवा युवतिको प्रेम देखाउन खोजिएको छ । अजय रेग्मीको छायांकन रहेको भिडियोलाई प्रबिण भट्टले सम्पादन गरेका छन ।