‘जेकर पिया नाहीं घरे’ म्युजिक भिडियो सार्वजनिक


काठमाडौं। ‘जेकर पिया नाहीं घरे’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। मैथिली भाषामा तयार गरिएको यस गीतमा गायक रवि राज शाह र गायिका शिल्पी राजको स्वर रहेको छ। पाँचौं नेपाल ग्रामीण चलचित्र महोत्सवको समापन समारोहको अवसर पारेर गीतको भिडियो सार्वजनिक गरिएको हो। चन्द्रनगर गाउँपालिका,सर्लाहीमा छायांकन गरिएको गीतको भिडियो सोही स्थानमा बिसेष कार्यक्रम गर्दै सार्वजनिक गरिएको हो। भिडियोमा चन्द्रनगर गाउँपालिका,सर्लाहीका रमणीय दृश्यहरु समाबेश छन्।

उमालाल यादवको शब्द र शिशिर पाण्डेको संगीत संयोजन रहेको गीतलाई रञ्जन रायले मिक्स/मास्टर गरेका हुन्। प्रेम र विरहको भावनालाई प्रस्तुत गर्ने यस गीतले श्रोतामाझ विशेष आकर्षण पैदा गर्ने विश्वास निर्माण टिमले लिएको छ। वैदेशिक रोजगारमा गएको दम्पतिको कथा भिडियोमा प्रस्तुत गरिएको छ।

संजय सिंहको निर्देशनमा तयार भएको भिडियोमा रवि राज शाह, इञ्जिनियर सिम्रन शाह र धीरज कुमारको अभिनय देख्न सकिन्छ। भिडियोमा मोन्टी सिंहको कोरियोग्राफी रहेको छ भने सैफ अलीले छायांकन तथा कलर गरेका छन्। राम चौधरीले सम्पादन गरेको भिडियोमा सुर्वी साहको मेकअप रहेको छ।
इञ्जिनियर रमेश साहको निर्माणमा तयार भएको म्युजिक भिडियो दर्शक तथा श्रोताले मन पराउने अपेक्षा गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.